Advertisement
Advertisement
Corporate Samachar
२७ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

तिहारपछिको पहिलो कारोबारमै घट्यो नेप्से, ३ अर्ब ५ करोडको शेयर किनबेच

तिहारपछिको पहिलो कारोबारमै घट्यो नेप्से, ३ अर्ब ५ करोडको शेयर किनबेच
विज्ञापन
Advertisement

काठमाडौं । तिहार बिदापछि खुलेको शेयर बजारमा पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा झरेको हो।

विज्ञापन
Advertisement
Advertisement

बजार परिसूचक घटेसँगै कारोबार रकममा समेत गिरावट आएको छ। अघिल्लो शुक्रबार ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन कारोबार रकम घटेर ३ अर्ब ५ करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ। शुक्रबार बजारमा ३३५ वटा धितोपत्रका ७८ लाख ४४ हजार २६७ कित्ता शेयर खरिदबिक्री भएका छन्। कारोबारमा आएका कम्पनीमध्ये ११० वटाको शेयर मूल्य बढेको छ भने १६० वटाको मूल्य घटेको छ। यस्तै, नौ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

यसदिन स्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको शेयर मूल्य ७.५६ प्रतिशतले बढेर प्रतिकित्ता ३५७ रुपैयाँ पुगेको छ। त्यस्तै, सामलिङ पावरको शेयर मूल्य ५.८७ प्रतिशतले वृद्धि भई प्रतिकित्ता ४२१ रुपैयाँ ९० पैसा कायम भएको छ।अर्कोतर्फ, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक ९.५६ प्रतिशतले घटेको छ। कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार ७८ रुपैयाँमा झरेको छ। घोराही सिमेन्टको शेयर मूल्य पनि ७.८७ प्रतिशतले घटेर प्रतिकित्ता ३५० रुपैयाँमा सीमित भएको छ।

कारोबार रकमका आधारमा घोराही सिमेन्ट पहिलो स्थानमा रहेको छ। कम्पनीको ४० करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। दोस्रो स्थानमा रहेको सानिमा माई हाइड्रोपावरको १६ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। स्वेत गंगा हाइड्रोपावरको पनि १६ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ। यसदिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये नौ समूह घटेका छन् भने चार समूह बढेका छन्। समूहगत परिसूचकतर्फ अन्य समूह सर्वाधिक ६.१८ प्रतिशतले बढेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit