Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

उर्जा मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट, विद्युत् व्यापारबारे छलफल

उर्जा मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट, विद्युत् व्यापारबारे छलफल
विज्ञापन
Advertisement

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सक्रियतासँगै नेपाल–भारत विद्युत् व्यापारमा थप सहजीकरण भएको छ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्री श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको केही समयमै भारतले विद्युत् प्राधिकरणलाई आगामी हिउँदयाममा ३५० मेगावाटसम्म विद्युत् आयात गर्न र थप ५६ मेगावाट निर्यात गर्न अनुमति दिएको उनको सचिवालयले जनाएको छ।

भेटवार्तामा मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच दुई देशबीचको विद्युत् व्यापार विस्तार, अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि तथा ऊर्जा निर्यातमा आवश्यक सहजीकरणका विषयमा छलफल भएको थियो । हिउँदयाममा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको उत्पादन घट्ने तर आन्तरिक माग भने उच्च रहने भएकाले नेपालले भारतबाट विद्युत् आयात गर्दै आएको छ।

आयातसँगै भारतले नेपालको विद्युत् निर्यातका लागि पनि थप बाटो खोलिदिएको छ। नेपाल विद्युत् प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित थप ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न अनुमति पाएको छ । उक्त विद्युत् पनि आगामी साउन १५ गतेसम्म भारतमा निर्यात गर्न सकिनेछ । यसअघि स्वीकृत निर्यात क्षमतामा थप विद्युत् बिक्रीको अनुमति प्राप्त हुनुले नेपालको जलविद्युत् उत्पादनलाई क्षेत्रीय बजारमा उपयोग गर्ने अवसर विस्तार गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा भएको छलफलसँगै आयात र निर्यात दुवैतर्फ नयाँ अनुमति प्राप्त हुनुलाई सकारात्मक प्रगतिका रूपमा लिइएको छ । यसले एकातिर नेपालको हिउँदको विद्युत् माग व्यवस्थापनमा सहयोग पुर्‍याउने र अर्कोतर्फ वर्षायाममा उत्पादित अतिरिक्त विद्युत् भारतीय बजारमा बिक्री गर्ने अवसर थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit