Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

रास्वपाले सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने

रास्वपाले सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने
विज्ञापन
Advertisement

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा राष्ट्रिय तथा सामाजिक जीवनमा महत्वपूर्ण योगदान दिएका व्यक्तित्वलाई भेटघाट÷संवाद गर्नेगरी ‘सर्वाङ्गीण संवाद’ गर्ने भएको छ । सो कार्यका लागि पार्टीले प्रदेश समितिलाई निर्देशन दिएको छ ।पार्टीका केन्द्रीय पदाधिकारीको संलग्नतामा यही फागुन तेस्रो सातादेखि सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने आज बसेको रास्वपाको सचिवालय बैठकले निर्णय गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले राससलाई जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गरे ।
पार्टीले सदनमा उठाउनुपर्ने राष्ट्रिय मुद्दा र जनजीविकाका सवालमा सुझाव लिँदै सदनलाई जनता तथा राष्ट्रप्रति थप जवाफदेही बनाउन प्रयत्नशील रहने विषयमा छलफल गरिएको उनले बताए । बैठकले पार्टीका विविध गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, र्यापिड एक्सन टिम (र्याट) नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१ र सम्पर्क विभाग नियमावली २०८१ पारित गरेको सो पार्टीले जनाएको छ ।

पार्टीका केन्द्रीय सदस्यको राजनीतिक अभिमुखीकरणका लागि यही फागुन ९ र १० गते आयोजना हुन लागेको केन्द्रीय प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक तयारी भएको र क्रमशः प्रदेश, जिल्ला र पालिका तहसम्म प्रशिक्षण सञ्चालन गर्दै जाने रास्वपाले जनाएको छ । यसैगरी पार्टीको केन्द्रीय सङ्गठन विभाग सदस्यमा कृष्णमान श्रेष्ठलाई मनोनयन गरिएको छ । बागमती प्रदेश समितिको रिक्त सहमहामन्त्रीमा प्रदेश समितिबाट प्राप्त सिफारिसबमोजिम कविन्द्र कार्की (काठमाडौँ) र राधिका तिमल्सिना (चितवन) को नाम अनुमोदन गरेको छ ।

पार्टीका पदाधिकारी तथा सदस्यको कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी कार्यविधि तयार गरी १५ दिनभित्र पेस गर्ने रास्वपा सचिवालय बैठकले निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा आउँदो चैत ५ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विशुद्ध विद्यार्थी मात्र संलग्न हुनुपर्ने रास्वपाले निर्णय गरेको छ । शैक्षिक प्रतिष्ठान राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति भएकाले उक्त निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी नरहने साथै पार्टीको कुनै संलग्नता नरहने कार्यवाहक महामन्त्री बुर्लाकोटीले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit