Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा के छन् एजेन्डा ?

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा के छन् एजेन्डा ?
विज्ञापन
Advertisement

काठमाडाैं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश वितरणको प्रस्तावसहित साधारण सभा बोलाएको छ। उक्त सभा चैत ८ गते बिहान ११ बजे नयाँ बानेश्वरस्थित अनमोल बैंक्वेटमा आयोजना हुने छ।

विज्ञापन
Advertisement
Advertisement

सभाका प्रमुख एजेन्डामा लाभांश वितरण प्रस्तावमा कम्पनीले कायम चुक्ता पुँजीको १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। बोनस शेयर वितरणपछि पुँजी वृद्धिस् बोनस शेयर वितरणपछि कम्पनीको पुँजी वृद्धि हुने भएकाले त्यसका लागि कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनेछ। वित्तीय विवरण अनुमोदनस् गत आर्थिक वर्षका सबै वित्तीय विवरण सभामा छलफल गरी पारित गरिनेछ। लेखापरीक्षक नियुक्तिस् चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। अन्य आवश्यक प्रस्तावहरूमा  कम्पनी सञ्चालनसँग सम्बन्धित अन्य आवश्यक प्रस्तावहरू सभामा प्रस्तुत गरिनेछन्।

बुक क्लोज र सहभागिता

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन २५ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्। सानिमा रिलायन्सको उक्त साधारण सभाले लगानीकर्ताहरूका लागि महत्वपूर्ण निर्णयहरू पारित गर्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit