Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीलाई ‘नेपालको उत्कृष्ट उदाउँदो शैक्षिक परामर्शदाता’ अवार्ड

वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीलाई ‘नेपालको उत्कृष्ट उदाउँदो शैक्षिक परामर्शदाता’ अवार्ड
विज्ञापन
Advertisement

काठमाडौं।नेपाली शैक्षिक परामर्श क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीलाई ‘नेपालको उत्कृष्ट उदाउँदो शैक्षिक परामर्शदाता’ अवार्ड प्रदान गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श, विदेश अध्ययनको मार्गदर्शन, छात्रवृत्ति अवसर, भाषा तयारी तथा भिसा प्रक्रियामा उल्लेखनीय सेवा प्रदान गरेको योगदानका लागि वेद इन्टरनेशनललाई यो सम्मान दिइएको हो।

संस्थाका प्रतिनिधिहरूले यो उपलब्धि समर्पित गर्दै भने, “विद्यार्थीहरू, हाम्रा साझेदार संस्थाहरू, टिम सदस्यहरू तथा परिवारको निरन्तर समर्थन बिना यो सम्भव थिएन। यो अवार्डले हाम्रो जिम्मेवारीलाई अझ बढाएको छ, र विद्यार्थीहरूलाई अझ प्रभावकारी सेवा दिन प्रेरित गरेको छ।”

विगत केही वर्षयता वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले नेपाली विद्यार्थीहरूलाई विशेषगरी अमेरिका, अस्ट्रेलिया, क्यानडा, युके लगायत विभिन्न गन्तव्य मुलुकहरूमा उच्च शिक्षाका लागि सहज मार्गदर्शन गर्दै आएको छ।

संस्थाले आगामी दिनमा पनि अझ नवीन सेवा तथा उत्कृष्ट परामर्शद्वारा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit