Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिद्धार्थ बैंकद्वारा विश्व पानी दिवस अवसरमा वाकाथन सम्पन्न

सिद्धार्थ बैंकद्वारा विश्व पानी दिवस अवसरमा वाकाथन सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले पहिलो पटक ‘स्वच्छ पानी, सुरक्षित भविष्य’ नारासहित वाकाथन आयोजना गरेको छ। बैंकको दिगो बैंकिङ् लक्ष्य अनुरूप आयोजना गरिएको ५ कि।मी। लामो प्रभातफेरी नक्साल नारायणचौरबाट सुरु भई विभिन्न स्थान हुँदै सम्पन्न भयो।

विज्ञापन
Advertisement
Advertisement

बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले नेपालमा हिमनदी संरक्षणको महत्त्व उल्लेख गर्दै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए। वाकाथनमा बैंकका कर्मचारी तथा विभिन्न सरोकारवालासहित ६५६ जनाको सहभागिता रहेको थियो।

सिद्धार्थ बैंकले दिगो विकास, हरित वित्त, डिजिटल बैंकिङ्, तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएको छ। हिमनदी संरक्षण र स्वच्छ पानीको आवश्यकताबारे जनचेतना फैलाउने उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रममा सहभागीहरूले वातावरणीय स्थायित्वका लागि ऐक्यबद्धता जनाएका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit