काठमाडौं । टिकटकले एनसेल नेपाल सुपर लिग ९एनएसएल० सँग आगामी तेस्रो सिजनका लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ। यस सहकार्यसँगै टिकटकमा विशेष कन्टेन्ट, खेलाडीहरूको संलग्नता, र प्रतियोगिताका हाइलाइटहरू मार्फत फ्यानहरूलाई लिगसँग अझ नजिक ल्याइनेछ।
मार्च २९ देखि काठमाडौंमा आयोजना हुने एनसेल एनएसएल ३ का लागि फुटबल प्रशंसकहरूले टिकटक प्लेटफर्ममा सक्रिय संलग्नता जनाउन सक्नेछन्। दशरथ रंगशालामा आयोजना हुने यो एक महिने फुटबल महोत्सव अप्रिल २६, २०२५ मा सम्पन्न हुनेछ।
टिकटक पछिल्ला केही वर्षहरूमा नेपालमा खेलकुद तथा मनोरञ्जन कन्टेन्टको प्रमुख स्रोत बन्दै गएको छ। यस प्लेटफर्मले फ्यानहरूलाई मनपर्ने टिम, खेलाडी, र म्याच डे इभेन्टहरूबारे छलफल गर्न सहज बनाएको छ।
एनएसएल फ्यानहरूलाई विशेष अवसर
यस साझेदारीका माध्यमबाट एनएसएल फ्यानहरूले खेलका हाइलाइटहरू, खेलाडीहरूसँग पर्दा पछाडिका अन्तरक्रिया, र भाइरल गेम डे ट्रेन्डहरू हेर्न सक्नेछन्। साथै, विशेष ह्यासट्यागहरू प्रयोग गरेर टिकटकमा अविस्मरणीय क्षणहरू साझेदारी गर्न सक्नेछन्।
टिकटकको दक्षिण एसियाकी कन्टेन्ट अपरेसन प्रमुख पूजा दत्ताले भनिन्, ‘हामी नेपालको सबैभन्दा ठूलो खेलकुद कार्यक्रम एनसेल एनएसएल ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर बन्न पाउँदा अत्यन्तै उत्साहित छौं। यस साझेदारीसँगै, हामी टिकटकमार्फत लिगका फ्यानहरूमाझ उत्साह र जोश ल्याउने लक्ष्य राख्छौं।’ एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीका अनुसार, ‘एनएसएल सधैंभरि फुटबल फ्यानहरूको अनुभवलाई पुनः परिभाषित गर्ने प्रयास गर्छ। यस सहकार्यले फ्यानहरूलाई लिग र आफ्ना मनपर्ने खेलाडीहरूसँग अझ नजिक ल्याउनेछ।’
नेपालको सबैभन्दा ठूलो फुटबल उत्सवको अद्भुत क्षणहरू अवलोकन गर्न फ्यानहरूले टिकटकमा एनएसएल ३ सम्बन्धी विशेष अपडेटहरू फलो गर्न सक्नेछन्।

















प्रतिक्रिया दिनुहोस्