काठमाडौं । काठमाडौं महानगरपालिकाका करिब तीन हजार कर्मचारीले लामो समयदेखि रोकिएको तलब पाएका छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं पुनः जिम्मेवारीमा फर्किएसँगै सोमबार महानगर प्रमुख बालेन्द्र शाहदेखि सबै जनप्रतिनिधि र कर्मचारीको तलब हालिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
मानन्धरका अनुसार महानगरमा कार्यरत २ हजार ९ सय जना कर्मचारीले ३ महिनादेखि ६ महिनासम्मको तलब बुझ्न बाँकी थियो । उनिहरुको लागि १ अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा भएको हो ।
काठमाडौं टावरको नक्सा पासको विषयमा प्रमुख बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबीच विवाद भएपछि गुरागाईंलाई बालेनले कार्यालय प्रवेशमा रोक लगाएका थिए। दुई बीचको विवादले लामो समयदेखि तलब नपाएको भन्दै महानगरका कर्मचारी र जनप्रतिनिधिले बिहीबार गुरागाईंलाई तनावपूर्ण माहोलबीच एक सय १४ दिनपछि कार्यालयमा प्रवेश गराएसँगै उनिहरुले तलब पाएका हुन् ।















प्रतिक्रिया दिनुहोस्