Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

तीन साताका लागि ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

तीन साताका लागि ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले वर्षको अन्तिम दिन आज ३० अर्ब रुपैयाँ तरलता खिच्न लागेको छ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि ३० अर्ब रुपैयाँ खिच्न लागेको जनाएको छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजे अनलाइनमार्फत बोलकबोल गर्न सक्ने जनाइएको छ । राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा खिच्दै आएको छ ।

निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ । उक्त रकमको साँवा तथा ब्याज भुक्तानी आगामी २१ वैशाखमा हुनेछ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit