Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनल :  कुवेतद्वारा नेपालसामु १७५ रनको लक्ष्य प्रस्तुत

चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनल :  कुवेतद्वारा नेपालसामु १७५ रनको लक्ष्य प्रस्तुत
विज्ञापन
Advertisement

काठमाडौं । हङकङमा जारी चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा कुवेतले नेपाललाई १७५ रनको दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

हङकङको मोङ कोकमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनाएको हो ।

कुवेतका लागि ओपनर रविजा सन्द्रावरुनले आक्रामक ब्याटिङ गर्दै ६३ रन बनाए । अर्का ओपनर क्लिन्टो आन्टोले १४ बलमा एक चौका र तीन छक्कासहित २६ रन थपे । यी दुईबीचको पहिलो विकेटका निम्ति ४९ रनको साझेदारीलाई तोड्न नेपालका नन्दन यादवले ब्रेक थ्रु दिलाए । यस्तै, उस्मान पटेलले २३ रन जोड्दा मित भावसरले १६ र कप्तान मोहम्मद अस्लामले १३ रन जोडे ।

नेपालका नन्दन यादव र सोमपाल कामीले समान दुई विकेट लिदा कुशल भुर्तेल र करण केसीले समान एक विकेट हात पारे ।

प्रतियोगितामा नेपाली टिम अपराजित छ । लिग चरणबाट शीर्ष स्थानमा रहँदै फाइनलमा आएको नेपालले तीन खेलबाट पाँच अंक जोडेको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit