काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी बुधबार पक्राउ परेका छन् ।
राष्ट्रिय जनमत पार्टीसँग आज पार्टी एकता गर्न प्रज्ञा भवन कमलादी पुगेका चौधरीलाई प्रहरीले कार्यक्रम स्थलबाट पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले टीकापुर घटनामा अदालतको फैसला कार्यान्वयनका लागि आज चौधरीलाई पक्राउ गरिएको बताए । उनलाई डिल्लीबजार कारागार पठाइएको अधिकारीले जानकारी दिए ।
सीके राउतको जनमत र रञ्जिता चौधरी नेतृत्वको नाउपा नेतृत्वमा रहेका दुई पार्टीबीच एकता भई बन्ने नयाँ पार्टीमा पहिलो वरीयतासहित रेशमलाल चौधरी संरक्षक रहने गरी आज काठमाडौंमा एकता हुँदै छ ।
टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि कारागारबाट रिहा भएका थिए ।















प्रतिक्रिया दिनुहोस्