Advertisement
Advertisement
Corporate Samachar
२९ कार्तिक २०८३, आईतवार
Advertisement
Advertisement

कर तिर्ने अन्तिम दिन छठको बिदा परेपनि कर कार्यालय खुला रहने

कर तिर्ने अन्तिम दिन छठको बिदा परेपनि कर कार्यालय खुला रहने
विज्ञापन
Advertisement

काठमाडौं । छठ पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिए पनि आन्तरिक राजस्व विभागले कात्तिक मसान्तको करसम्बन्धी काम प्रभावित हुन नदिन कर कार्यालयहरू खुला राख्ने निर्णय गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कात्तिक मसान्त करदाताका लागि विशेष महत्त्वपूर्ण दिन हो । यस दिन गत आर्थिक वर्षको आय विवरण दाखिला गर्ने तथा आर्थिक ऐन, २०८३ ले प्रदान गरेका विभिन्न कर छुट र सुविधाको उपयोग गर्ने अन्तिम म्याद रहेको छ । त्यसैगरी, बक्यौता फरफारक गर्ने र अन्तःशुल्कजन्य वस्तु निष्कासन गर्ने करदाताका लागि उपलब्ध सहजीकरण सुविधा पनि कात्तिक मसान्तसम्म मात्रै कायम रहनेछन् ।

सरकारले छठ पर्वको अवसरमा सार्वजनिक बिदा घोषणा गरेपछि करदातालाई समयमै करसम्बन्धी दायित्व पूरा गर्न समस्या हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै विभागले बिदाकै दिन पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो। आन्तरिक राजस्व विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय तथा देशभरका सबै आन्तरिक राजस्व कार्यालयलाई पत्राचार गर्दै कार्यालय खुला राख्न निर्देशन दिएको छ।

विभागले राजस्व संकलन गर्ने बैंकहरूसँग आवश्यक समन्वय गरी कार्यालय खुला राख्न र नियमित करसम्बन्धी कार्यसम्पादन गर्न निर्देशन दिएको हो। यस निर्णयसँगै सार्वजनिक बिदाका कारण कर विवरण दाखिला, बक्यौता फरफारक तथा अन्य करसम्बन्धी काम छुट्ने जोखिममा रहेका करदातालाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit