Advertisement
Advertisement
Corporate Samachar
८ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलद्वारा दुई अवार्ड प्रदान

सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलद्वारा दुई अवार्ड प्रदान
विज्ञापन
Advertisement

काठमाडौं। सिद्धार्थ बैंक भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने दुई प्रतिष्ठित उत्कृष्टता अवार्डबाट सम्मानित भएको छ। कार्ड व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै बैंकले उपभोक्ता प्रिपेड कार्ड र उपभोक्ता क्रेडिट कार्ड व्यवसायतर्फका अवार्ड प्राप्त गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो। बैंकले उपभोक्ता प्रिपेड कार्ड व्यवसायमा उत्कृष्टता र उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा उत्कृष्टता विधामा अवार्ड प्राप्त गरेको जनाएको छ।ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यसहित सिद्धार्थ बैंकले क्रेडिट तथा प्रिपेड कार्ड सेवाको विस्तार गर्दै आएको छ। प्राप्त अवार्डले कार्ड व्यवसायमा बैंकको प्रदर्शन, सेवा गुणस्तर तथा बजारमा बढ्दो विश्वासलाई प्रतिबिम्बित गरेको बैंकको भनाइ छ।

बैंकिङ क्षेत्रको तथ्यांकअनुसार २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ३ लाख ३० हजार क्रेडिट कार्ड जारी गरेका छन्। त्यसमध्ये सिद्धार्थ बैंकको हिस्सा करिब ६९ हजार रहेको छ। यससँगै क्रेडिट कार्ड बजारमा बैंकको हिस्सा करिब २१ प्रतिशत पुगेको छ। त्यस्तै, सोही अवधिसम्म बजारमा २ लाख ८० हजार प्रिपेड कार्ड जारी भएकामा सिद्धार्थ बैंकको हिस्सा करिब ४२ हजार रहेको बैंकले जनाएको छ।

क्रेडिट कार्ड सेवालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले बैंकले ग्राहकका लागि आजीवन निःशुल्क क्रेडिट कार्ड सुविधा पनि ल्याएको छ। यस सुविधाअन्तर्गत ग्राहकले २०८३ मङ्सिर २९ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit