Advertisement
Advertisement
Corporate Samachar
८ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

नीतिदेखि प्राविधिक सुरक्षासम्म, एआई सुशासनको नयाँ मार्गचित्र ल्याउँदै ईसी–काउन्सिल

नीतिदेखि प्राविधिक सुरक्षासम्म, एआई सुशासनको नयाँ मार्गचित्र ल्याउँदै ईसी–काउन्सिल
विज्ञापन
Advertisement

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) सामान्य संवादमा सीमित च्याटबटबाट आफैँ निर्णय लिन र कार्यसम्पादन गर्न सक्ने स्वचालित एआई प्रणालीको युगमा प्रवेश गरिरहेको छ। यस्तो अवस्थामा दक्षिण एसियाका संस्थाहरूका लागि एआईसम्बन्धी नीति बनाउनु मात्र पर्याप्त छैन, त्यसलाई व्यवहारमा लागू गर्दै सम्भावित जोखिम नियन्त्रण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ।

विज्ञापन
Advertisement
Advertisement

यही चुनौतीलाई सम्बोधन गर्न विश्वव्यापी साइबर सुरक्षा संस्था ईसी–काउन्सिल र दक्षिण एसियामा केन्द्रित साइबर सुरक्षा कम्पनी वान कभर प्रालिले संस्थाहरूलाई कागजी एआई सुशासनबाट वास्तविक कार्यान्वयनमा आधारित सुशासन प्रणालीतर्फ लैजाने रणनीतिक पहल अघि बढाएका छन्। ईसी–काउन्सिलका सार्क क्षेत्रका वरिष्ठ देशीय प्रबन्धक श्रीकान्त अक्कुलाको प्रस्तावमा अघि बढाइएको यो पहल वान कभर प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीसहितको सुशासन, जोखिम तथा अनुपालन (जीआरसी) टोलीमार्फत कार्यान्वयन गरिनेछ।

यसअन्तर्गत ईसी–काउन्सिलको ‘अंगाल्ने, प्रतिरक्षा गर्ने र सुशासन गर्ने’ (एडीजी) ढाँचाले नेपालका उद्यम, बैंक तथा वित्तीय संस्था र सरकारी निकायलाई स्वचालित निर्णय तथा कार्यसम्पादन गर्न सक्ने एआई प्रणाली सुरक्षित रूपमा सञ्चालन गर्न आवश्यक मार्गचित्र उपलब्ध गराउने लक्ष्य राखेको छ।ईसी–काउन्सिलको एडीजी ढाँचा खुला र व्यवहारमा लागू गर्न सकिने एआई सुशासन प्रणाली हो। विश्वभरका अग्रणी एआई, सुरक्षा तथा सुशासन विज्ञहरूको सहकार्यमा तयार गरिएको यस ढाँचाले एआईसम्बन्धी नीतिगत व्यवस्था र प्राविधिक सुरक्षालाई एउटै संरचनामा समेटेको छ। यसले संस्थाहरूलाई एआई प्रणालीको विकास, सञ्चालन र सुरक्षा व्यवस्थापनका लागि स्पष्ट तथा एकीकृत आधार प्रदान गर्छ।

१२ वटा नियन्त्रण क्षेत्र

एआई प्रणालीको डिजाइन तथा तथ्याङ्क सङ्कलनदेखि सञ्चालनका क्रममा हुने सुरक्षा व्यवस्थापन र डिजिटल प्रमाणको अनुसन्धानसम्मको सम्पूर्ण जीवनचक्र समेट्ने १२ वटा प्रमुख नियन्त्रण क्षेत्र यसमा समावेश छन्।

१८० भन्दा बढी सञ्चालनगत नियन्त्रण र ७२० भन्दा बढी मापदण्ड

संस्थाहरूले दैनिक कार्यसञ्चालनमा प्रत्यक्ष रूपमा लागू गर्न सक्ने १८० भन्दा बढी नियन्त्रण व्यवस्था तथा ७२० भन्दा बढी स्पष्ट प्राविधिक र नीतिगत आवश्यकताहरू यस ढाँचामा समेटिएका छन्।

तीन एकीकृत आधारस्तम्भ

एडीजी ढाँचाले एआईलाई संस्थागत रूपमा अंगाल्ने, सम्भावित जोखिम तथा साइबर आक्रमणबाट प्रतिरक्षा गर्ने र समग्र प्रणालीलाई प्रभावकारी सुशासन तथा नियन्त्रणमा राख्ने तीन आधारस्तम्भलाई एकीकृत गरेको कम्पनीले जनाएको छ। यस पहलको मुख्य उद्देश्य एआईसम्बन्धी नीति तथा निर्देशिका तयार पार्ने काममा मात्र सीमित नभई तिनलाई संस्थाको वास्तविक कार्यप्रणालीमा उतार्नु हो। कम्पनीका अनुसार विशेषगरी स्वचालित निर्णय लिन सक्ने एआई प्रणालीको बढ्दो प्रयोगसँगै त्यसको सुरक्षा, जोखिम व्यवस्थापन र जवाफदेहितालाई संस्थागत बनाउनु यस पहलको महत्त्वपूर्ण पक्ष रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit