Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिटिजन्स बैंकको आर्थिक सहयोगमा शव दाह गृह निर्माण हुने

सिटिजन्स बैंकको आर्थिक सहयोगमा शव दाह गृह निर्माण हुने
विज्ञापन
Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले लुम्बिनी प्रदेशको बाँके जिल्लास्थित कोहलपुर नगरपालिका–११ मा कोहलपुरको दुदुवा र रोहिणी नदीको संगममा निर्माणाधीन शव दाह गृहका लागि आर्थिक सहयोग गरेको हो । उक्त सहयोगले स्थानीय बासिन्दालाई परम्परागत दाह संस्कारको तुलनामा सुलभ, सुरक्षित र वातावरणमैत्री विकल्प प्रदान गर्ने लक्ष्य बैंकको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक औपचारिक समारोहका बीच सहयोग हस्तान्तरण गरेका छन् ।तर, सहयोग रकम भने खुलाइएको छैन। समारोहमा सम्बोधन गर्दै पोखरेलले सामाजिक हितका कार्यमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरे । उनले यस्ता कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

बैंकले आगामी दिनमा समेत सामाजिक रूपान्तरणमा योगदान पुर्याउने यस्ता कार्यलाई निरन्तरता दिने जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit