Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

डिलर, खुद्रा तथा थोक विक्रेताले अब MRP सहितको लेबल नलगाई सामान बेच्न नपाउने

डिलर, खुद्रा तथा थोक विक्रेताले अब MRP सहितको लेबल नलगाई सामान बेच्न नपाउने
विज्ञापन
Advertisement

काठमाडौं सरकारले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ को उपदफा ३ अनुसार अब बजारमा बिक्री हुने सबै वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (MRP) सहितको लेबल अनिवार्य रूपमा टाँस्नुपर्ने व्यवस्था लागू गरेको छ। आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक सूचना प्रकाशित गर्दै सबै डिलर, खुद्रा तथा थोक विक्रेताहरूलाई MRP सहितको लेबल नराखी कुनै पनि वस्तु बिक्री नगर्न कडा निर्देशन दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

सूचनामा भनिएको छ, ‘उत्पादकले आफ्नै उत्पादन गरेको वस्तु तथा पैठारी गरिएको वस्तु भए पैठारीकर्ताले बिक्री विवरण गर्ने वस्तुमा सर्वसाधारणले बुझ्न सक्ने गरी नेपाली वा अङ्ग्रेजी भाषामा अनिवार्य रूपमा लेबल लगाउनुपर्ने कानुनी व्यवस्था छ।’

विभागका निर्देशक डिल्लीराम कार्कीले हस्ताक्षर गरेको सूचनामा यो व्यवस्था उपभोक्ता संरक्षण ऐनको दफा ६ को उपदफा २ र ३ अनुसार लागू गरिएको उल्लेख गरिएको छ।

सरकारले उपभोक्ता हित संरक्षण तथा बजारमा पारदर्शिता कायम गर्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरेको हो। अबदेखि MRP नदेखाइ कुनै वस्तु बिक्री भएमा कानुनी कारबाही हुने विभागले चेतावनी दिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit