Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

बजारबाट ७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बजारबाट ७० अर्ब  तरलता खिच्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल राष्ट्र बैंकले सोमबार थप ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी असार ८ गते हुनेछ । गत साता बुधबार (जेठ १४) गते मात्र ८०अर्ब निक्षेप सङ्कलन गरेको केन्द्रीय बैंकले आज थप ७० अर्ब रुपैयाँ तान्ने भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगालग निक्षेप तानिरहेको छ । निक्षेप सङ्कलन उपकरणको माध्यमबाट बैंकले २० दिने निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप सङ्कलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ ।

यसअगाडि केन्द्रीय बैंकले जेठ ४ गते २४ अर्ब रूपैयाँ, ७ गते ५० अर्ब रूपैयाँ, ११ गते ३० अर्ब रूपैयाँ र १४ गते ८० अर्ब रूपैयाँ तरलता प्रशोचन गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit