Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

सबै कुरा अनुकूल, तर अझै किन खुसी छैनन् शेयर लगानीकर्ता?

सबै कुरा अनुकूल, तर अझै किन खुसी छैनन् शेयर लगानीकर्ता?
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाली शेयर बजार फेरि एक पटक मनोवैज्ञानिक द्वन्द्वमा अल्झिएको छ। नेप्से परिसूचक २६ सयको हाराहारीमा टिकी बसेको छ, सरकार बलियो छ, नीति तुलनात्मक रूपमा अनुकूल देखिन्छ, तर लगानीकर्ताको अनुहारमा उत्साह छैन। प्रश्न उब्जिन्छ—किन?

विज्ञापन
Advertisement
Advertisement

पछिल्ला केही वर्षमा पुँजी बजारमा एक अनौठो मनोविज्ञान जन्मिएको छ—‘बिष्णु पौडेल आएपछि भने बजार बढ्छ।’ २०७८ सालमा उनी अर्थमन्त्री हुँदा बैंक तथा वित्तीय संस्थाबाट सस्तो कर्जाका माध्यमबाट बजारमा तरलता बढेको थियो। यसले बजारमा माग बढाइदियो र नेप्सेले ऐतिहासिक उचाइ ३१९८ विन्दु छोयो। त्यसपछि बजार ओरालो लाग्यो, तर लगानीकर्ताहरूबीच पौडेलप्रतिको आशा भने ज्यूँका त्यूँ रहिरह्यो।

पुनः उनी अर्थमन्त्री बनेपछि बजार २२ सय विन्दुबाट उक्लिएर २९ सयसम्म पुग्यो। यति उत्साहपूर्ण गति पछाडि खास नीतिगत कदमहरू भन्दा पनि मनोवैज्ञानिक विश्वासको हात देखिन्छ।

नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर डा। विश्वनाथ पौडेलले पदबहालीसँगै लगानीकर्तामा आशा जगाउने प्रयास गरे। शेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारिदिए। तर, त्यो कदम पनि बजारको मुड फेर्न असफल भयो। गभर्नर फेरिएपछि,’अब त बजार छलाङ मार्छू भन्ने आशामा बसेका लगानीकर्ताहरु पुनः निराश हुन थाले।

बजेटले पनि उकास्न सकेन मनोबल
२०८२\०८३ को बजेट आउँदा पुँजी बजारले एक थप आशा बोकेको थियो—कम्तीमा संरचनागत सुधारका संकेत मिल्लान् भन्ने। तर, निजी क्षेत्रका लागि सकारात्मक मानिएको बजेटले पनि शेयर बजारका लागि खासै राहत दिएन। बजारले भने स्पष्ट सन्देश दियोस् सिर्फ नारा होइन, कार्यान्वयन र विश्वसनीयता चाहिन्छ।

शेयर बजार धेरैपटक भावनाले चल्छ। लगानीकर्ता छोटेलाल रौनियार भन्छन्, ‘कन्फिडेन्स नबढेसम्म बजार चल्दैन।’ सस्तो कर्जा, जोखिम भार घटाउनेजस्ता प्रविधिक पक्षले केही उत्साह त दिन सक्छन्, तर दिगो सुधारका लागि स्पष्ट नीति, विश्वासिलो कार्यान्वयन र स्थिर अर्थनीतिक संकेत आवश्यक पर्छ।

अहिलेको अवस्थाले देखाएको छ—मुलुकमा राजनीतिक स्थायित्व, तुलनात्मक रूपमा सहज मौद्रिक नीति, र उत्साहित निजी क्षेत्र हुँदाहुँदै पनि, लगानीकर्ता अझै विश्वस्त छैनन्। आर्थिक सूचकहरू सुधारिएका भए पनि बजारले त्यसलाई प्रतिबिम्बित गर्न सकेको छैन। अर्थमन्त्री पौडेल आफैंले पहिले ‘शेयर बजार अर्थतन्त्रको ऐना हो’ भनेर बोलेका थिए, तर अहिले बजार ओरालो लागेको बेला उनी मौन छन्।

बजेटपछि नेप्से सूचक चार दिन कारोबार भयो । चारदिनमा नेप्से सूचक ५२ अंकले घट्न पुग्यो । हाल परिसूचक २ हजार ६४० विन्दुमा आइपुगेको छ । नेप्से मात्र होइन कारोबार रकम पनि घट्न पुगेको छ । कारोबार रकम घट्न पुगेको छ । बजारमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स हत्याउन अर्को खेल जारी छ । यस्तो बेलामा नियामक निकाय, नीतिगत सुधार, लगानीकर्ता सचेतता भन्दा पनि आफ्नै अक्षमताको भारी बोकिरहेको प्रतित हुन थालेको छ ।

साझा: Facebook X WhatsApp Telegram
भाेजराज भण्डारी

भाेजराज भण्डारी

संचालक सम्पादक

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit