Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

१० महिनामा वाणिज्य बैंकको नाफा ४८ अर्ब नजिक, नबिल बैंक अग्रस्थानमा

१० महिनामा वाणिज्य बैंकको नाफा ४८ अर्ब नजिक, नबिल बैंक अग्रस्थानमा
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरूले कुल ४८ अर्ब रुपैयाँ नजिक खुद नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, वैशाख मसान्तसम्म २७ वटै वाणिज्य बैंकको संयुक्त खुद नाफा ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ पुगेको छ।

विज्ञापन
Advertisement
Advertisement

यस अवधिमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंक नबिल बैंक रहेको छ। बैंकले वैशाख मसान्तसम्म ५ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ, जसले ५ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

शीर्ष ५ नाफा आर्जन गर्ने बैंकहरू
नबिल बैंक – ५ अर्ब ६० करोड

ग्लोबल आइएमई बैंक – ५ अर्ब ३५ करोड

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक – ५ अर्ब २ करोड

एभरेष्ट बैंक – ३ अर्ब ९० करोड

नेपाल बैंक – ३ अर्ब २८ करोड

त्यस्तै, एनएमबि बैंकले २ अर्ब ६२ करोड, प्राइम कमर्शियल बैंकले २ अर्ब ५८ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ३४ करोड, लक्ष्मी सनराइज बैंकले २ अर्ब १५ करोड र सिद्धार्थ बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।

अन्य बैंकहरूको नाफा स्थिति
प्रभु बैंक – २ अर्ब १४ लाख

सानिमा बैंक – १ अर्ब ८७ करोड

राष्ट्रिय वाणिज्य बैंक – १ अर्ब ७७ करोड

कृषि विकास बैंक – १ अर्ब ७३ करोड

नेपाल एसबिआई बैंक – १ अर्ब ३८ करोड

माछापुच्छ्रे बैंक – १ अर्ब ३१ करोड

सिटिजन्स बैंक – १ अर्ब १८ करोड

वाणिज्य बैंकहरूको नाफा वृद्धिले देशको बैंकिङ प्रणालीमा स्थिरता र पुनरुत्थानको संकेत दिएको विश्लेषकहरूको भनाइ छ। तथापि, कर्जा विस्तार, ब्याजदरको दबाव, र नियामक नीतिहरूले आगामी त्रैमासिकमा असर पार्न सक्ने विश्लेषण पनि गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit