काठमाडौं । उच्च शिक्षा अध्ययनको लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि परामर्श प्रदान गर्दै आएको राइटपाथ करियर काउन्सिलिङले कीर्तिपुरमा नयाँ शाखा विस्तार गरेको छ। कीर्तिपुरको नयाँबजारमा अवस्थित यस शाखाको उद्घाटन शुक्रवार हुने भएको हो।
सन् २०१७ देखि शैक्षिक परामर्श सेवा दिँदै आएको राइटपाथले यूके, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा लगायतका शैक्षिक गन्तव्यहरूमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई मार्गदर्शन गर्दै आएको छ। कक्षा १२ पास गरेका विद्यार्थीहरूले डिप्लोमा, ब्याचलर र मास्टर्स तहका लागि आवश्यक परामर्श यहाँबाट लिन सक्नेछन्।
राइटपाथले हाल काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालयसँगै नयाँ बानेश्वर, ललितपुर, इटहरी, धनकुटा, हेटौंडा, चितवन, बुटवल र दाङमा पनि आफ्नो सेवा विस्तार गरिसकेको छ। कीर्तिपुर शाखाको थप विस्तारसँगै कम्पनीले उपत्यकाभित्रै फराकिलो पहुँच बनाएको छ।
शाखा विस्तारबारे जानकारी दिँदै राइटपाथका सिइओ फिलिप डिसीले भने, ‘विश्वका उत्कृष्ट विश्वविद्यालयमा गुणस्तरीय शिक्षा हासिल गर्न चाहने विद्यार्थीले एक पटक राइटपाथमा आएर जानकारी लिनु उपयुक्त हुन्छ।’ उनले राइटपाथसँग विश्वकै ख्यातिप्राप्त कलेज तथा विश्वविद्यालयहरूसँग सहकार्य रहेको दाबी गरे।
राइटपाथको कीर्तिपुर शाखा सञ्चालनमा आएपछि स्थानीय क्षेत्रका विद्यार्थी तथा अभिभावकहरूले शैक्षिक परामर्श सेवामा थप सहज पहुँच पाउने विश्वास कम्पनीले लिएको छ।

















प्रतिक्रिया दिनुहोस्