Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सानिमा रिलायन्सको ‘दम्पती जीवन बीमा’ योजना, यसकारण बन्दैछ ग्राहकको रोजाइमा

सानिमा रिलायन्सको ‘दम्पती जीवन बीमा’ योजना, यसकारण बन्दैछ ग्राहकको रोजाइमा
विज्ञापन
Advertisement

काठमाडौं । अनिश्चित मानव जीवनमा दुर्घटना, बिरामी, मृत्युजस्ता अकल्पनीय दुस्खद घटनाको कुन बेला कसरी कुन रुपमा सामना गर्नुपर्छ त्यो धेरैलाई थाहा नै हुँदैन । अनिश्चित जीवनमा भविष्यमा भैपरी आउन सक्ने यस्ता सबै घटनाहरुबाट आर्थिक सुरक्षा र निश्चितता कायम गर्न जीवन बीमाले महत्वपूर्ण रुपमा सहयोग पुर्याउन सक्छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाली बजारमा ग्राहकको आवश्यकतालाई मध्यजनर गरेर विभिन्न बीमा कम्पनीहरूले नयाँनयाँ योजनाहरू ल्याएका छन् । सानिमा रिलायन्स लाइफले पनि बजारमा विभिन्न बीमा योजनाहरू सञ्चालन गरिरहेको छ । तीमध्येको एक हो ‘सानिमा रिलायन्स दम्पती जीवन बीमा’ योजना ।

किन  रोज्ने ‘दम्पती जीवन बीमा’ योजना

यो जीवन बीमा योजना नेपाली सामाजिक संरचनासँग मेल खान्छ । हाम्रो समाजमा दम्पती मिलेर जीवन चलाउने, घर बनाउने, छोराछोरी हुर्काउने, पढाउने र भविष्य बनाउने परम्परा छ । त्यसैले ऋण, पारिवारिक खर्चजस्ता संयुक्त दायित्व भएका दम्पतीको लागि यो बीमा योजना निकै नै महत्वपूर्ण रहेको छ । यो बीमा योजनाले दुईमध्ये कुनै एकजना वा दुवैलाई केही भएको खण्डमा उनीहरूलाई आर्थिक रूपमा सुरक्षित राख्ने कुराको सुनिश्चिता गर्दछ । एक आपसमा आर्थिक उत्तरदायित्व बहन गर्ने, एक अर्कामा आश्रितको सुरक्षा गर्न चाहने विवाहित दम्पतीहरूको लागि यो बीमालेख उपयुक्त विकल्प हुनसक्छ । यो योजनाले दम्पतीको जोखिम बहन गर्नुका साथै सम्बन्ध प्रगाढ बनाई भविष्यको लागि बचत गर्नसमेत मद्दत गर्दछ ।

योजनाको प्रमुख विशेषता :

यो योजना खरिद गर्ने बीमितले विभिन्न सुविधा पाउनेछन् । यो बीमालेख अन्र्तगत बीमितले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी अशक्तता, बीमा शुल्क छुट सुविधा र घातक रोग रक्षावरण गरी चार सुविधा पाउने छ । उदाहरणको लागि ३२ वर्षकी लक्ष्मी र उनका ३५ वर्षको श्रीमान हरि कुबेर दम्पतीले २५ लाखको बीमा दम्पती जीवन बीमा योजना खरिद गरेका छन् । कुबेर दम्पतीले खरिद गरेको पोलिसी अवधि २१ वर्षको रहेको छ । उनीहरूले प्रत्येक वर्ष एक लाख ६५ हजार २ सय ५० रुपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ ।

परिपक्ताको हकमा
अब बीमालेख परिपक्कताको हकमा कुनै एक वा दुवै जना बीमित जीवित रहेमा बीमा अवधिको समाप्तिमा बीमांक रकम र आर्जित बोनस एक मुष्ठ भुक्तानी हुनेछ ।

पूर्ण स्थायी अशक्तता
बीमा अवधिभित्र बीमाालेख चालू भएको अवस्थामा दुर्घटनाको कारण दम्पतीमध्ये कुनै एक वा दुवै पूर्ण स्थायी अशक्तता भएमा बीमा शुल्क भुक्तानीमा पूर्ण छुट रहेको छ । साथै बीमालेखमा उल्लेखित सर्तअनुसारको पूर्ण स्थायी अशक्तता सुविधा प्रदान हुनेछ । दुर्घटनाका कारण कुनै एक बीमितको पूर्ण स्थायी अशक्ततापछि बीमालेख एनिर्भसरीभित्र दुर्घटनाकौ कारण अर्को बीमितको पनि पूर्ण स्थायी अशक्तता भएको अवस्थामा बीमितको पूर्ण स्थायी अशक्तता सुविधा बीमितलाई भुक्तान गरिने छ ।

दुर्घटना मृत्यु
बीमा अवधिभित्र बीमालेख चालू भएको अवस्थामा दुर्घटनाको कारण दम्पतीमध्ये कुनै एकजनाको मृत्यु भएमा दुई गुणा सम्म बिमांक जीवत बीमितलाई एकमुष्ट प्रदान गर्नेछ । बीमालेख अन्र्तगतको बाँकी प्रिमिय शुल्कमा छुटसमेत रहेको छ । बीमा समाप्तिमा पुनः बीमांक र आर्जित बोनस एकमुष्ठ भुक्तानी हुनेछ । दुर्घटनाका कारण कुनै एक बीमितको मृत्युपछि बीमालेख एनिर्भसरीभित्र दुर्घटनाकै कारण अर्को बीमितको पनि मृत्यु भएको अवस्थामा बीमितको दुर्घटना सुविधा नजिकको कानुनी हकवालालाई भुक्तानी गरिने छ ।

प्राकृतिक मृत्यु
बीमा अवधिभित्र बीमालेख चालू भएको अवस्थामा कुनै एक वा दुवै बीमितको प्राकृतिक मृत्यु भएमा पहिलो मृत्युबापत बिमांक र दोस्रो मृत्युबापत बिमांक र आर्जित बोनस एकमुष्ट पाउनेछन् । घातक रोग सुविधा बीमालेख चालू भएको अवस्थामा कुनै एक वा दुवै बीमितलाई घातक रोग अन्र्तगत १८ मध्ये कुनै एक घातक रोग लागेको अवस्थामा र चिकित्सकीय रूपमा प्रमाणित भएको अवस्थामा एक जना वा दुवैलाई उपचारको लागि जनही २५ लाख रुपैयाँ भुक्तानी हुने छ ।

बीमा योजना खरिद गर्नको लागि योग्यता

यो बीमा योजना न्यूनतम २१ वर्ष पूरा भएका र अधिकतम ५० वर्ष उमेर समूहका दम्पतीले खरिद गर्न सक्नेछन् । यो योजनामा श्रीमान÷श्रीमतीको उमेरअन्तर ७ वर्षसम्मको मात्रै मान्य हुने छ । बीमा योजनाको अवधि न्यूनतम १५ वर्षदेखि अधिकतम ३० वर्षसम्मको रहेको छ । यो बीमा योजना अन्र्तगत बीमितले आफ्नो आर्थिक हैसियत अनुसार खरिद गर्न सक्नेछन् । बीमितले न्यूनतम ५० हजारदेखि अधिकतम जति पनि रकमको बीमालेख खरिद गर्न सक्नेछन् ।

प्रिमियम भुक्तानी गर्ने तरिका
यो योजना खरिद गर्ने बीमितलाई प्रिमियम रकम भुक्तानी गर्ने तरिका लचिलो छ । बीमतले वार्षिक, अर्धवार्षिक र त्रैमासिक गरी तीन तरिकाले प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।

जुनबेला पनि खरिद गर्न सकिने

जीवनमा अप्ठ्यारो स्थिति जुनसुकै बेलामा पर्न सक्ने हुनाले दम्पतीले यो पोलिसी होस् या जुनसुकै पोलिसी खरिद गर्नको लागि कुनै विशेष समय कुनुपर्ने आवश्यकता छैन । बीमितले जतिबेला पनि खरिद गर्न सक्छन् । दम्पती जीवन बीमाको हकमा दम्पती जीवन बीमा विवाह गर्नेबितिकै गर्नु उचित हुन्छ । एउटै बीमालेखमा श्रीमान्÷श्रीमतीको बचत तथा जोखिम बहन हुने भएकाले ढिलाइ नगरी यो बीमा खरिद गरियो भने निकै फाइदाजक हुन्छ । यदि प्रत्येक एकल पुरुष र महिलाले जस्तै जीवन बीमाको महत्व सबै श्रीमान् र श्रीमतीहरूले बुझ्ने हो भने दम्पती जीवन बीमा योजना सबै विवाहित दम्पतीहरूको पहिलो रोजाइ पर्न जान्छ ।

बीमाको लागि सानिमा रिलायन्स नै किन रोज्ने ?
सानिमा रिलायन्सले नेपालमै उत्कृष्ट जीवन बीमालेखहरू प्रदान गर्दै आइरहेको छ । कम्पनीले नेपाली समाजको आवश्यकता पहिचान गरी फरक र नयाँ किसिमका बीमालेखहरू पस्कन सफल र सक्षम रहेको छ । आर्थिक रूपमा सुदृढ, सम्पन्न साथै कम्पनीको वित्तिय अवस्था सबल रहेको छ । साथै कम्पनीले पारदर्शी र उत्कृष्ठ संस्थागत सुशासनबाट सञ्चालित रहेको हुँदा ढुक्क भएर सानिमा रिलायन्सको बीमालेख खरिद गरेर भविष्य सुरक्षित बनाउन सकिन्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit