Advertisement
Advertisement
Corporate Samachar
१३ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दुई समुदायबीच तनाव बढेपछि जनकपुरको रुपैठामा निषेधाज्ञा

दुई समुदायबीच तनाव बढेपछि जनकपुरको रुपैठामा निषेधाज्ञा
विज्ञापन
Advertisement

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरको रुपैठाको चारैतर्फ निषेधाज्ञा जारी गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा दुई समुदायबीच तनाव बढेपछि निषेधाज्ञा जारी गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आज रुपैठामा भएको हिन्दु र मुस्लिम समुदयबीचको झडपपछि निषेधाज्ञा जारी गरिएको जानकारी दिए । आज साँझ ६ः३० बजेदेखि लागू हुनेगरी प्रशासनले रुपैठाको चारैतर्फ क्षेत्रलाई समेटेर कुनै पनि सभा, जुलुस, नाराबाजी, बैठक, सामूहिक कार्यक्रम गर्न नपाउने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद भएपछि सो क्षेत्र तनावग्रस्त भएको हो । आदेशअनुसार रुपैठाको पूर्व लोहना जाने बाटो, पश्चिममा बसहिया जाने बाटो, उत्तरमा बाबा पेट्रोल पम्प सिक्सलेन र दक्षिणमा गँगुली पूलसम्म प्रदर्शन, भेला, नारा जुलुस गर्न पाइने छैन ।

गत महिना मात्र गणेश पूजापछि मूर्ति विसर्जनमा त्यहाँमा मुस्लिम समुदाय र हिन्दु समुदायबीच झडप भएको थियो । पुनः दुर्गाको मूर्ति विसर्जनमा अवरोध भएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit