Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

व्यवसायीक सम्बन्ध विस्तार गर्न बैंक र इन्स्योरेन्स क्षेत्रबीच कर्पोरेट क्रिकेट प्रतियोगिता हुँदै

व्यवसायीक सम्बन्ध विस्तार गर्न बैंक र इन्स्योरेन्स क्षेत्रबीच कर्पोरेट क्रिकेट प्रतियोगिता हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। यस पटकको प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा सन नेपाल लाइफ इन्स्योरेन्स जोडिएको छ।

विज्ञापन
Advertisement
Advertisement

उक्त प्रतियोगिता वैशाख १९ देखि २१ गतेसम्म काठमाडौंको बूढानीलकण्ठस्थित भेलोसिटी एरिना (ग्राउन्ड) मा सञ्चालन हुनेछ। प्रतियोगितामा कर्पोरेट क्षेत्रका प्रतिष्ठित १२ वटा टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

यस प्रतियोगितामा डग्मा ग्रुप, जगदम्बा मोटर्स, नबिल बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, रमेश कर्प, हिमालयन एभरेस्ट इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक तथा साबिक विजेता क्लाउडफ्याक्ट्री गरी १२ टोलीको सहभागिता रहनेछ।

आयोजकका अनुसार यस प्रतियोगिताको मुख्य उद्देश्य कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरूबीच आपसी सम्बन्ध विस्तार, सहकार्य र कार्य–जीवन सन्तुलनलाई प्रवर्द्धन गर्नु हो।

राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य र सामुदायिक विकासमा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरू गर्दै आएको छ। यस खेलकुद कार्यक्रमले प्रतिस्पर्धा र सामाजिक उत्तरदायित्वबीच प्रभावकारी समन्वय गर्ने विश्वास लिइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit