Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

२ अर्ब ६० करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक, यस्ता छन् सर्त

२ अर्ब ६० करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक, यस्ता छन् सर्त
विज्ञापन
Advertisement

काठमाडौं । केन्द्रीय बैंकले २ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएको छ । विभिन्न बैंकहरुमा राष्ट्र बैंकले मुद्दती निक्षेपमार्फत आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ६० करोड रुपैयाँ बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंककाअनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त रकम मुद्दती निक्षेपमा लगानी हुने छ । वाणिज्य बैंकमा २ अर्ब ८ करोड, विकास बैंकमा ३९ करोड र वित्त कम्पनीमा १३ करोड मुद्दती निक्षेपमा लगानी गरिने केन्द्रीय बैंकले जनाएको छ ।

बैंकले एक वर्षको लागि अर्थात् ९ नोभेम्बर २०२५ देखि ९ नोभेम्बर २०२६ सम्म (३ सय ६६) दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागेको हो । मुद्दती निक्षेप लिन चाहेको रकम खुलाइ कात्तिक १९ गते दिउँसो १२ बजेभित्र ब्याजदर प्रस्ताव आह्वान गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

मुद्दतीका लागि बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशतभन्दा कम हुनुपर्ने र खुद निष्क्रिय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत सर्त राखेको छ ।
साथै, कर्जारनिक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने लगायतका सर्त राष्ट्र बैंकको छ ।

त्यसैगरी निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिबाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने बताइएको छ।

केन्द्रीय बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकेवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनुपर्ने शर्त केन्द्रिय बैंकको छ । तोकिएको मापद्दण्ड पूरा गरेका बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैंभन्दा बढी व्याजदर कबोल गर्ने संस्थामा राष्ट्र बैंकले लगानी गर्ने जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit