Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सूर्यज्योति लाइफको नाफा ११ प्रतिशतले बढ्दा ‘रिटन्ड अर्निङ्ग’मा १ अर्ब बढी रकम

सूर्यज्योति लाइफको नाफा ११ प्रतिशतले बढ्दा ‘रिटन्ड अर्निङ्ग’मा १ अर्ब बढी रकम
विज्ञापन
Advertisement

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो त्रैमासमा खुद नाफा ११ प्रतिशत बढेर १२ करोड ८० लाख २० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ५३ लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेकोमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा बढेको हो ।

विज्ञापन
Advertisement
Advertisement

चालु आवको असोजसम्म कम्पनीको खुद बीमा शुल्क १८.७४ प्रतिशत बढेको छ । हाल कम्पनीको खुद बीमा शुल्कबाट २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको जनाएको छ । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस्तै, कम्पनीले असोजसम्ममा दाबी भुक्तानी १४.८२ प्रतिशत बढेर ३ अर्ब २६ करोड ९५ लाख रुपैयाँ पुगेको उल्लेख गरेको छ । गत वर्षको असोजसम्ममा कम्पनीले २ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

अघिल्लो आवको तुलनामा कम्पनीको कुल आम्दानी समेत १२.२८ प्रतिशतले बढेर ३ अर्ब ९५ करोड ५० लाख रुपैयाँ रेहेको छ । साथै, कुल खर्च पनि १२.१७ प्रतिशतले बढेर ३ अर्ब ७६ करोड ९९ लाख रुपैयाँ रहेको छ । ५ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको महाविपत्ति कोषमा ४२ करोड ५७ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा १ अर्ब ४ करोड रुपैयाँ र अन्य इक्विटीमा २५ करोड ७३ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीले जनाएको छ ।

नाफासँगै इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी १.०१ रुपैयाँ बढेर १०.२२ रुपैयाँ पुगेको छ । यस्तै प्रतिशेयर नेटवर्थ असोज मसान्तसम्ममा १३४.४२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३९.८६ गुणा रहेको कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit