Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विर्तामोडमा दिपाल र नामी सवारीको चार दिने टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना हुने

विर्तामोडमा दिपाल र नामी सवारीको चार दिने टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना हुने
विज्ञापन
Advertisement

काठमाडौं । एमएडब्लु वृिद्धले शनिबारदेखि झापाको विर्तामोडमा चार दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । झापाको विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन गर्नुका साथै चार दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्न लागेको एमएडब्लु वृिद्धले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मेलामा ग्राहकहरुले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभव गर्न पाउनेछन्। यी ब्रान्डहरू हाल नेपालमा सबैभन्दा लोकप्रिय र प्रविधिमैत्री ईभि ब्रान्डहरूका रूपमा स्थापित भइरहेका छन्।

कार्यक्रमले आगन्तुकहरूलाई नवीनतम प्रविधि, डिजाइन र नवप्रवर्तन अनुभव गराउने कम्पनीको भनाइ छ । साथै, रोबोटहरूसँग अन्तक्र्रिया गर्ने अवसर पनि मिल्ने छ । यस्तै, दिपाल एस०५ र नामी भिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जानकारी दिएको छ। स्लिम डिजाइन, आधुनिक विशेषतासँगै दिगो गतिशीलताको संयोजनका कारण उल्लेखित सवारी मोडेलले नेपालमा छोटो समयमा नै उच्च लोकप्रियता कमाएको कम्पनीले जनाएको छ ।

कार्यक्रमको अवसरमा एमएडब्लु वृिद्धले विशेष प्रमोशनल अफरहरूमा पुराना गाडी साट्न चाहने ग्राहकका लागि आकर्षक एक्सचेञ्ज बोनस, विशेष नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्ने आगन्तुकका लागि उपहारको व्यवस्था गरेको उल्लेख छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit