काठमाडौं । ‘हामी नेपाल’ नामक संस्थाका संयोजक सुधन गुरुङले ‘जेनजी’ आन्दोलनको भावनाअनुसार काम गर्न नसके मार्गप्रशस्त गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई सुझाव दिएका छन् । उनले गृहमन्त्री अर्याल नेपाली जनताले व्यवस्था परिवर्तन गर्न त्यो स्थानमा पुर्याएको पात्र भन्दा पनि एमालेको नेताजस्तो लाग्न थालेको उनको आरोप छ ।
बिहीबार काठमाडौं महानगरले लैनचौरस्थित स्काउटको जग्गामा बनाइएका संरचना भत्काउने क्रममा सोही स्थानमा पुगेका गुरुङले जेनजी आन्दोलनको भावनाअनुसार गृहमन्त्रीले काम गर्न खुट्टा कमाइरहेको टिप्पणी गरे । गृहमन्त्रीले जेनजी आन्दोलनको भावना अनुरुप व्यवस्था सुधार गर्न काम गर्नेभन्दा चुनाव मात्र एजेण्डा बनाएको र जेनजीको माग पूरा गर्न कुनै सहयोग नगरेको गुरुङको भनाइ छ ।
उनले भने, ‘बाँकी मन्त्रालयहरुले काम गरिरहेको छ । गृह मन्त्रालयले काम गर्न सकेको छैन् । उहाँको एजेण्डा भनेको चुनावमात्र रहेछ । हाम्रो एजेण्डा भनेको देशलाई न्याय दिने र व्यवस्था परिवर्तनको हो । हालको व्यवस्था र अवस्थामा चुनावमा जान सकिन्छ त ?’ उनले भने, ‘देशलाई न्याय नभई वा हामीलाई न्याय नभई चुनाव हुनै दिँदैनौं ।’
यस्तै उनले गृहमन्त्री अर्यालले जेनजीहरुमाथि कारबाहीको प्रकृया अघि बढाएको तर, नेताहरुलाई कारबाहीको दायरामा नल्याएको भन्दै गृहमन्त्री अर्याललाई एमालेको मान्छेका रुपमा चित्रित गरे । ‘उहाँले त जेनजीहरुलाई समातिराख्नु भएको छ । पोलिटिकल पार्टीकाहरुलाई छोएको पनि छैन् । मलाई त कहिलेकहिले उहाँ (गृहमन्त्री) त एमालेको पो हो कि जस्तो लाग्छ,’ गुरुङको आरोप छ ।
शिक्षा, स्वास्थलगायत क्षेत्रमा चरम भ्रष्टाचार भएकाले सबै मिलेर भ्रष्टाचारमुक्त देश बनाउनुपर्नेमा उनको जोड थियो । उस्तै उनले ७७ वटै जिल्लाहरुको वडा स्तरमा आफू अन्र्तगतका जेनजीहरुले कमिटी विस्तार गरिसकेको दाबी गरे ।

















प्रतिक्रिया दिनुहोस्