Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

एफएनसीसीआई र नेपाल विश्वविद्यालयबीच शैक्षिक क्षेत्रको विकासका लागि अनुसन्धान क्षेत्रमा सहकार्य गर्ने समझदारी

एफएनसीसीआई र नेपाल विश्वविद्यालयबीच शैक्षिक क्षेत्रको विकासका लागि अनुसन्धान क्षेत्रमा सहकार्य गर्ने समझदारी
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल महिला चेम्बरको आयोजनामा ‘स्टार्टअप, उद्यमशीलता तथा उद्यम सम्बर्द्धन केन्द्र’ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज सम्पन्न अभिमुखिकरण कार्यक्रममा महिला, युवा तथा पुरुष उद्यमीहरूलाई उद्यम विकास, स्टार्टअप कर्जा तथा उद्यम प्रवर्द्धनका उपलब्ध अवसरबारे जानकारी दिइएको थियो ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक ई.उमेश कुमार गुप्ताले स्टार्टअप कर्जा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले १५ करोड रुपैयाँभन्दा कम कारोबार भएका विधिवत दर्ता उद्योग तथा फर्महरूले कर्जा सुविधा प्राप्त गर्न सक्ने जानकारी गराए ।

उनका अनुसार दस वर्षभित्र १५ करोडभन्दा बढी कारोबार नभएको, नविन तथा सिर्जनशील सोचलाई उद्यममा रुपान्तरण गरेको र तीव्र वृद्धिको सम्भावना भएको व्यवसायले कर्जा आवेदन दिन पाउने छन् । यस्तै, गत वर्ष ५ हजार १०० आवेदकमध्ये १३१४ जनालाई सर्टलिस्ट गरिएकोमा मूल्याङ्कनपछि ६६१ जनालाई कर्जा प्रवाह गरिएको थियो। यो वर्ष उक्त कर्जाको दायरा २५ करोड रुपैयाँबाट बढाएर १ अर्ब पुर्याइएको उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप र उद्यमशीलता विकासले मात्रै रोजगारी सिर्जना हुने बताए । उनले कृषि, जलविद्युत, खानी–खनिज, पर्यटन तथा सूचना–प्रविधि लगायतका क्षेत्रमा धेरै सम्भावना हुँदाहुँदै पनि हरेक दिन २५० भन्दा बढी युवाहरू बेरोजगारीकै कारण विदेशिन बाध्य हुनु दुःखद भएको धारणा राखे ।

यस्तै, नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिलालाई मात्र नभई, युवा तथा पुरुष उद्यमीहरूलाई समेत उद्यमशीलता प्रोत्साहन गर्न उक्त कार्यक्रम आयोजना गरिएको प्रस्ट पारिन् । देशको समग्र आर्थिक विकासका लागि महिला र पुरुषलाई बराबर सहभागी गराई आगामी दिनमा अभिमुखिकरण कार्यक्रमलाई निरन्तरता दिने उनले प्रतिवद्धता जनाइन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit