Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

राजस्व कार्यालय जुम्लाद्वारा आठ करोड ६८ लाख राजस्व सङ्कलन

राजस्व कार्यालय जुम्लाद्वारा आठ करोड ६८ लाख राजस्व सङ्कलन
विज्ञापन
Advertisement

जुम्ला । आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको चार महिनामा रु आठ करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा रु १३ करोड राजस्व सङ्कलनको लक्ष्य राखेकामा रु आठ करोड ६८ लाख सङ्कलन गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

जिल्लास्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रभात घिमिरेले राजस्व सङ्कलन भएकामध्ये सबैभन्दा बढी आयकरतर्फ रु छ करोड ४४ लाख सङ्कलन भएको जानकारी दिए । उनका अनुसार भ्याटतर्फ रु एक करोड ६८ लाख र अन्तःशुल्कतर्फ रु ५६ लाख राजस्व सङ्कलन भएको छ ।

करदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि निर्माण व्यवसायीलगायत ठूला र साना व्यवसायीलाई जोड दिने उद्देश्यले कार्यालयले काम गरिरहेको छ । बजार अनुगमन र स्थानीय तहमा पुगेर कर शिक्षा दिइनेगरी काम भइरहेको प्रमुख कर अधिकृत घिमिरेले बताए । उनका अनुसार जिल्लामा १७ हजार बढी करदाता छन् ।

भ्याटतर्फ मात्र दुई हजार ३२ जना रहेका छन् । शुक्रबारसम्म ६७७ जनाले व्यक्तिगत प्यान लिएका छन् । कार्यालयले चालु आवमा रु ६४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको जनाएको छ ।

कार्यालयको गत आवमा वार्षिक राजस्व उठाउने लक्ष्य रु ६३ करोड ७१ लाख रहेका रु ४९ करोड ४६ लाख राजस्व सङ्कलन गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit