Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

लक्ष्मी सनराइज बैंकले बोलायो साधारणसभा

लक्ष्मी सनराइज बैंकले बोलायो साधारणसभा
विज्ञापन
Advertisement

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । बैंकले आगामी पुस १४ गतेका लागि २५ औँ साधारणसभा डाकेको हो ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बस्ने सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नेछ।

यस्तै, सभाले बैंकको हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ। उक्त सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरु पनि पारित गर्ने उल्लेख छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १ गते बुकक्लोज गर्ने जनाएको छ। मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit