Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

फोटोन टोटल केयर : बिक्रीपछिको सेवा सुदृढ गर्दै फोटोन

फोटोन टोटल केयर : बिक्रीपछिको सेवा सुदृढ गर्दै फोटोन
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा फोटोन गाडीका प्रयोगकर्तालाई भरपर्दो सेवा दिन फोटोन टोटल केयर कार्यक्रममार्फत कम्पनीले आफ्नो बिक्रीपछिको सञ्जाललाई थप मजबुत बनाएको छ। एमएडब्लू वृद्धि कमर्शियलले वितरकको भूमिकामा रहेको फोटोनले देशभर १७ वटा सेवा केन्द्रमार्फत शहरदेखि ग्रामीण क्षेत्रसम्मका ग्राहकलाई सहज, छिटो र विश्वसनीय सेवा प्रदान गर्दै आएको छ।

विज्ञापन
Advertisement
Advertisement

फोटोन टोटल केयरलाई कम्पनीले पूर्ण ‘आफ्टर–सेल्स सोलुसन’का रूपमा अघि सारेको छ। यस अन्तर्गत जेन्युइन स्पेयर पार्ट्स, वारेन्टी सुविधा, रोडसाइड असिस्टेन्स र डेडिकेटेड कस्टमर केयर जस्ता सेवा समावेश छन्। कम्पनीका अनुसार यसले गाडीको डाउनटाइम घटाउने, सञ्चालन निरन्तरता कायम गर्ने र ग्राहकलाई दीर्घकालीन भरोसा प्रदान गर्ने लक्ष्य राखेको छ।

हरोक सेवा केन्द्रमा विशेष तालिम प्राप्त प्रमाणित प्राविधिक उपलब्ध छन्, जसले १००५ जेन्युइन पार्ट्ससहित मर्मत तथा सर्भिसिङको गुणस्तर सुनिश्चित गर्छन्। कम्पनीले यस्ता सेवाबाट गाडीको आयु लम्ब्याउने र कठिन भू–भाग वा मौसमका परिस्थितिमा समेत प्रदर्शन सुरक्षित राख्ने उद्देश्य लिएको बताएको छ।

ग्राहकमैत्री पहलहरूमा फोटोनले सर्भिस क्याम्प, क्विक रेस्पोन्स हेल्पलाइन र नियमित फलो–अप लागु गर्दै आएको छ। हालै सम्पन्न ठूलो कार्यक्रम मेगा मनसुन सर्भिस क्याम्प अगस्ट १० देखि सेप्टेम्बर अन्त्यसम्म देशभर सञ्चालन गरिएको थियो, जहाँ ग्राहकहरूले चेकअप, सर्भिसिङ र विशेषज्ञ परामर्श पाएका थिए।

फोटोनका अनुसार टोटल केयर सेवाबाट कम्पनीले ग्राहक सन्तुष्टि, विश्वसनीयता र दीर्घकालीन ब्रान्ड भ्यालुलाई प्राथमिकतामा राखेको छ। कम्पनीले नेपालको बढ्दो मोबिलिटी आवश्यकतामा गुणस्तरीय सेवा र सहज पहुँचका साथ निरन्तर योगदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

एमएडब्लू वृद्धि कमर्शियल नेपालका लागि फोटोन गाडीको अधिकृत वितरक हो। कम्पनीले देशभर रहेका शोरुम र सेवा सञ्जालमार्फत व्यावसायिक गाडी आपूर्ति तथा विश्वस्तरीय आफ्टर–सेल्स सर्भिस प्रदान गर्दै आएको छ। फोटोन ब्रान्डलाई विश्वसनीयता, प्रदर्शन र ग्राहक सन्तुष्टिसँग जोड्दै कम्पनीले व्यावसायिक क्षेत्रको मोबिलिटी आवश्यकतामा सशक्त योगदान दिँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit