Advertisement
Advertisement
Corporate Samachar
२८ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

नेपाली बजारमा सार्वजनिक भयो विद्युतीय क्रसओभर ‘चेरी क्यू’

नेपाली बजारमा सार्वजनिक भयो विद्युतीय क्रसओभर ‘चेरी क्यू’
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ विद्युतीय क्रसओभर ‘CHERY Q’ सार्वजनिक भएको छ। नेपालका लागि चेरी गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा.लि.ले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

आधुनिक प्रविधि, प्रिमियम आराम, आकर्षक डिजाइन र अत्याधुनिक सुरक्षा सुविधासहित बजारमा ल्याइएको CHERY Q ले नेपाली ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षा पूरा गर्ने कम्पनीको विश्वास छ।

CHERY Q मा ४१.२ किलोवाट आवर क्षमताको LFP ब्याट्री प्याक र रियर ह्विल ड्राइभ (RWD) पर्मानेन्ट म्याग्नेट सिङ्क्रोनस मोटर जडान गरिएको छ। उक्त मोटरले अधिकतम ९० किलोवाट पावर र ११५ एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा यसले NEDC परीक्षण चक्रअनुसार ४०० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ। फास्ट चार्जिङ प्रविधिमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६.५ मिनेट लाग्ने कम्पनीको दाबी छ।

आकारका हिसाबले CHERY Q को लम्बाइ ४ हजार १९५, चौडाइ १ हजार ८११ र उचाइ १ हजार ५६८ मिलिमिटर रहेको छ। यसको ह्विलबेस २ हजार ७०० मिलिमिटर र ग्राउन्ड क्लियरेन्स १७५ मिलिमिटर छ। नेपाली सडक तथा विभिन्न ड्राइभिङ अवस्थालाई ध्यानमा राखेर तयार गरिएको यस गाडीमा ७० लिटर क्षमताको अगाडिको स्टोरेज (फ्रङ्क) र ३७५ लिटरको पछाडिको बुट स्पेस उपलब्ध छ। पछाडिका सिट फोल्ड गर्दा बुट स्पेसलाई १ हजार ४५० लिटरसम्म विस्तार गर्न सकिन्छ। आरामदायी र स्थिर यात्राका लागि अगाडि म्याकफर्सन स्ट्रट र पछाडि मल्टिलिङ्क सस्पेन्सन प्रणाली राखिएको छ।

सुरक्षालाई प्राथमिकता दिँदै गाडीमा ६ वटा एयरब्याग, ५४० डिग्री प्यानोरामिक क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ESC) र हिल असिस्टजस्ता सुविधा समावेश गरिएको छ। त्यस्तै, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन र अटोमेटिक इमर्जेन्सी ब्रेकिङलगायतका एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) सुविधाले ड्राइभिङलाई थप सुरक्षित र सहज बनाउने कम्पनीको भनाइ छ।

सार्वजनिक कार्यक्रममा पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशकले CHERY Q को आगमनले नेपालमा विश्वस्तरीय अटोमोटिभ प्रविधि र स्मार्ट मोबिलिटी समाधान भित्र्याउने कम्पनीको प्रतिबद्धता प्रतिबिम्बित गरेको बताए। अत्याधुनिक सुरक्षा, प्रिमियम आराम, स्मार्ट पार्किङ प्रविधि र दैनिक प्रयोगका लागि आवश्यक व्यावहारिक सुविधाको संयोजनले नेपाली ग्राहकको अपेक्षा पूरा गर्ने उनको भनाइ थियो।

उनले नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै देशभर बिक्री तथा सेवा पूर्वाधार विस्तार गर्दै ग्राहकलाई सहज र उत्कृष्ट सवारी स्वामित्व अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको पनि बताए।

कम्पनीका अनुसार CHERY सन् २००३ देखि लगातार विश्वकै नम्बर एक यात्रुवाहक सवारीसाधन निर्यातकर्ता रहँदै आएको छ। विश्वका १३० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थिति जनाएको कम्पनीका सवारीसाधन २ करोडभन्दा बढी प्रयोगकर्तामाझ पुगेका छन्।

नेपालमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा पायोनियर मोटो कर्पले देशव्यापी शोरुम तथा ग्राहक सेवा सञ्जाललाई पनि विस्तार गरिरहेको छ। ग्राहकले CHERY Q Premium काठमाडौंको थापाथलीस्थित चेरी शोरुमसहित बुटवल, विराटनगर, दाङ, चितवन र बिर्तामोडका शोरुममा अवलोकन तथा अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ।

नयाँ विद्युतीय क्रसओभरको सार्वजनिकसँगै पायोनियर मोटो कर्पले नेपाली बजारमा नवीन प्रविधि, आराम, सुरक्षा र व्यावहारिकताको संयोजनसहित विद्युतीय सवारी उपलब्ध गराउने आफ्नो रणनीतिलाई थप अघि बढाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit