Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
विज्ञापन
Advertisement

वीरगञ्ज ।वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर्ति गर्ने विश्वास लिइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले तरकारी तथा फलफूलको थोक बजार यहाँकै बासिन्दका लागि तयार पारिएको बताए।

यो बजार छपकैयावासीकै नाममा बनाइएको हो । सफा, सुरक्षित र व्यवस्थित राख्न यहाँका स्थानीयवासीको भूमिका महत्वपूर्ण छ । यो यहाँकै सम्पत्ति र धरोहर हो,’’ प्रमुख सिंहले भने,‘‘ डेढवर्ष अगावै सञ्चालन गर्न खोजेपनि विविध कारणले केही समय ढिलो भएको हो ।’’ प्रमुख सिंहले बिपी उद्यानमा रहेका व्यवसायीको कारण पनि छपकैयाँको बजार सञ्चालनमा आउन केही समय बढी लागेको बताए।

‘‘अब बिपी उद्यानमा रहेको अव्यवस्थित बजारलाई हटाउने अभियान थालनी गरिनेछ,’’ उनले भने ,‘‘बिपी उद्यानका व्यवसायीलाई यहाँ स्थानान्तरण गर्नका लागि पनि विकल्प दिएका छौंँ ।’’पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बजार सञ्चालनले किसान र उपभोक्ता दुवै लाभान्वित हुने बताए ।

“अव्यवस्थित थोक बजारको अभावका कारण किसानलाई सडक छेउ वा अस्थायी ठाउँमा बिक्री गर्नुपर्ने बाध्यता थियो । अब किसानले सहज रूपमा उत्पादन ल्याउन, उपभोक्ताले व्यवस्थित रुपमा खरिद गर्न र सवारी सञ्चालन पनि सरल हुनेछ,’ उनले भने।

महानगरका प्रमुख प्रशासकिय अधिकृत अरविन्दलाल कर्णका अनुसार पहिलो चरणमा रु ७० लाखको लागतमा निर्माण गरिएको १४ युनिटमा २८ वटा सटर सञ्चालनमा आएका छन् । बजार परिसरमा बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षा व्यवस्थासहित सबै आधारभूत सुविधा उपलब्ध छन् । आगामी दिनमा दोस्रोचरणमा पनि थप रु ७० लाख लगानी गर्दै युनिट सङ्ख्या र भौतिक संरचना विस्तार गर्ने योजना रहेको महानगरले जनायो ।

महानगरका अनुसार खुद्रा र थोक कारोबारलाई अलग–अलग संरचनाबाट सञ्चालन गरिने भएकाले व्यवसायीलाई दीर्घकालीन योजनासहित कारोबार गर्न सहज हुनेछ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit