Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कामना सेवा विकास बैंकद्वारा नेपाल बार एशोसिएशनलाई कम्प्युटर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा नेपाल बार एशोसिएशनलाई कम्प्युटर हस्तान्तरण
विज्ञापन
Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल बार एशोसिएशनलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीको घटनाबाट नेपाल बार एशोसिएशनको भवन, भवन परिसरमा क्षति भएको थियो । उक्त क्षतिलाई मध्यनजर गर्दै बैंकका कानुन विभागका प्रमुख तथा अधिवक्ता डण्डापानी भट्टराईले नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रलाई आज कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा अध्यक्ष प्रा. डा. मिश्रले बैंकले गरेको सहयोगले एशोसिएशनमा काम गर्नको लागि महत्वपुर्ण सहायता प्रदान गर्ने विश्वास व्यक्त गरे । यस्तै, अधिवक्ता भट्टराईले नेपाल बार एशोसिएशनको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त अवसरमा बैंकका सिएसआर विभाग प्रमुख सुशिल पौडेल, बार एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला लगायतका व्यक्तित्वहरु सहभागी थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit