काठमाडौं । डेल्टा अटोकर्प प्रा.लि. अन्तर्गतका प्रिमियम इटालियन स्कूटर ब्रान्ड भेस्पा र एप्रिलियाले जाडो मौसमलाई लक्षित गरी ‘चिसो विन्टर, तातो अफर’ नामक योजना सार्वजनिक गरेका छन्।
यस अफर अन्तर्गत, भेस्पा वा एप्रिलिया स्कूटरको खरिदमा ग्राहकले ७ हजार ५०० रुपैयाँ नगद छुट वा २ वर्षको निःशुल्क मेन्टेनेन्स प्याकेजमध्ये एक छनोट गर्न सक्नेछन्। मेन्टेनेन्स प्याकेजमा इन्जिन आयल, एयर फिल्टर, आयल फिल्टर, निःशुल्क सर्भिस र लेभर चार्ज समावेश गरिएको कम्पनीले जनाएका छन् ।
यस योजनाले जाडो मौसममा ग्राहकहरूको खरिदलाई थप उत्साहजनक र लाभदायी बनाउने विश्वास कम्पनीको रहेको छ । उक्त योजनामा आकर्षक एक्सचेन्ज लाभ पनि समावेश रहेको छ, जसमा कुनै पनि दुई–पाङ्ग्रे ब्रान्डको स्कूटरमा १० हजार रुपैयाँ सम्म थप मूल्यांकन र एक्सचेन्जमा न्यूनतम ४० हजार रुपैयाँको मूल्यांकन प्रदान गरिने कम्पनीले जनाएको छ ।
स्कूटर खरिद अझ पहुँचयोग्य बनाउनका लागि, डेल्टा अटोकर्पले ४.९९% ब्याजदरमा इएमआई फाइनान्स् सुविधा र ०% सर्भिस चार्जको सुविधा प्रदान गर्ने जनाएको छ । यस्तै, हरेक स्कूटर खरिदमा निःशुल्क ब्रान्डेड हेलमेट र स्कूटर कभर प्रदान गरिने उल्लेख छ ।
‘जाडोको मौसममा न्यानो खुसी बाँड्दै हामीले प्रमियम स्कूटर खरिदमा उल्लेखनीय बचत र भरपुर सुविधा पाउने अवसर प्रदान गरेका छौं । गुणस्तरीय सवारी साधनलाई सहज र किफायती मूल्यमा उपलब्ध गराउने डेल्टा अटोकर्पको प्रतिबद्धतालाई यस अभियानले नयाँ उचाइ दिनेछ,’ डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय महतोले भने ।
सो अफर पुष ९ गते देखि २०८२ फागुन ८ गते सम्म सम्पूर्ण भेस्पा र एप्रिलिया शोरूमहरूमा लागु हुने कम्पनीले जनाएको छ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्