Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै हुन सकेको छैन् : अध्यक्ष ढकाल

निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै हुन सकेको छैन् : अध्यक्ष ढकाल
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति, स्थायित्व र समृद्धिका लागि निजी क्षेत्रको संरक्षण र मनोबल उच्च बनाउनु आवश्यक रहेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

महासंघले सरकार प्रमुखदेखि राजनीतिक दल र सरोकारवाला सबैसँग आज शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रममा अध्यक्ष ढकालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि परिवर्तित परिस्थितिमा निजी क्षेत्रको सुरक्षा र मनोबल बढाउन सरकारसँग आग्रह गरिएको बताए ।

उनले निजी क्षेत्रको मनोबल वृद्धि, संरक्षण तथा प्रवद्र्धन महासंघको प्रमुख माग रहेको स्पष्ट पारे । अध्यक्ष ढकालले आसन्न निर्वाचनका लागि नेपाल सरकारको अग्रसरता र मेहनत प्रशंसनीय रहेको उल्लेख गर्दै निर्वाचनमा सहभागिताका लागि राजनीतिक दलहरूले देखाएको तत्परताले देश निर्वाचनतर्फ अघि बढेको देखिएको बताए । ‘यो चुनावी वातावरण लोकतन्त्रप्रतिको वर्तमान सरकारको समर्पणको उदाहरण हो,’ उनले भने, ‘शान्ति र स्थायित्वका लागि हामी विवेकी, लचिलो र प्रतिबद्ध छौं भन्ने कुरा यसले पनि पुष्टि गर्छ। समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय भने अझै पनि ओझेलमा परेको भान परेको छ। निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै हुन सकेको छैन ।’

अध्यक्ष ढकालले देश पुनः निर्वाचनको वातावरणतर्फ उन्मुख हुँदै राजनीतिक लयमा फर्किएको उल्लेख गरे। तर राजनीतिक स्थिरताका संकेत देखिए पनि निजी क्षेत्रमा अझैसम्म लगानीको अनुकूल वातावरण बन्न नसकेको उनको भनाइ थियो। उनले जेन–जी आन्दोलनपछि घुसपैठ गर्नेहरूमाथि प्रभावकारी कारबाही नहुँदा निजी क्षेत्रमा त्रासको अवस्था कायमै रहेको उनको भनाइ छ । ढकालले जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रले करिब ४० अर्ब रुपैयाँ प्रत्यक्ष र समग्रमा ८१ अर्ब रुपैयाँ बराबरको क्षति व्यहोरेको स्मरण गर्दै यस्तो अवस्थामा पनि निजी क्षेत्र अर्थतन्त्र सुधारमा योगदान दिन तयार रहेको स्पष्ट पारे।

अध्यक्ष ढकालले निजी क्षेत्रप्रति नकारात्मक दृष्टिकोण राख्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै भने, ‘नाफा कमाउनु गलत हो? कर तिरेर राज्यलाई सहयोग गर्नु गलत हो?’ उनले निजी क्षेत्रले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा योगदान दिँदै करिब ५५ लाख मानिसलाई रोजगारी दिएको तथ्य प्रस्तुत गरे। उनका अनुसार निजी क्षेत्र समृद्धिको प्रमुख सारथी हो र त्यसलाई केवल नाफाको दृष्टिले मात्र हेर्नु उचित हुँदैन। ‘निजी क्षेत्र देशप्रति जिम्मेवार छ र अर्थतन्त्र सुधार गर्न चाहन्छ,’ ढकालले भने ।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत राजनीतिक नेतृत्व र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit