Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

आज रातीबाट नेपाल बैंकको सेवा बन्द हुने

आज रातीबाट नेपाल बैंकको सेवा बन्द हुने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल बैंक लिमिटेडले सिस्टम अपग्रेडेसनका कारण आफ्ना सम्पूर्ण बैंकिङ सेवा केही समयका लागि बन्द हुने जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले जारी गरेको सूचनाअनुसार आज (शुक्रबार) देखि शनिबारसम्म सिस्टम अपग्रेडेसनको कार्य गरिने भएकोले राति ११ बजेदेखि शनिबार बिहान ९ः ४५ बजे सम्म सेवा बन्द हुने छ ।  सिस्टम अपग्रेडेसनको कार्य सम्पन्न गर्न लाग्ने करिब ११ घण्टा समयावधिमा डिजिटल कारोबार देखि कार्ड प्रयोगलगायतका सम्पूर्ण बैंकिङ सेवाहरू अवरुद्ध हुने जनाइएको छ।

बैंकले सिस्टम अपग्रेडेसनका क्रममा ग्राहकहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमा माग्दै आवश्यक कारोबार समयमै व्यवस्थापन गर्न समेत आग्रह गरेको छ ।

नेपाल बैंकले सेवा गुणस्तर सुधार तथा सुरक्षित र प्रभावकारी बैंकिङ प्रणाली सञ्चालनका लागि समय–समयमा प्रणाली स्तरोन्नति गर्दै आएको सूचनामार्फत जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit