काठमाडौं । नबिल बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष निर्वाण कुमार चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहण समारोहमा बैंकिङ क्षेत्रका उच्च अधिकारीहरू तथा सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । शपथ पश्चात अध्यक्ष चौधरीले नबिल बैंकलाई अझ सुदृढ, पारदर्शी तथा उत्तरदायी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

















प्रतिक्रिया दिनुहोस्