Advertisement
Advertisement
Corporate Samachar
६ आश्विन २०८३, मंगलवार
Advertisement

प्रधानमन्त्री शाहलाई रवि लामिछानेको शुभकामना, ‘अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत हुनुहोस्’

प्रधानमन्त्री शाहलाई रवि लामिछानेको शुभकामना, ‘अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत हुनुहोस्’
विज्ञापन
Advertisement

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्न अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री बालेन्द्र शाहलाई शुभकामना व्यक्त गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

लामिछानेले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण नेपालको राष्ट्रिय हित र नेपालीका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्ने अवसर बन्ने विश्वास व्यक्त गरे ।

‘नेपालको राष्ट्रिय हित र हाम्रा सरोकारका सबै विषयहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न यो भ्रमण अर्थपूर्ण र सफल होस्,’ लामिछानेले शुभकामना सन्देशमा उल्लेख  गरेका छन् ।उनले प्रधानमन्त्री शाहको भ्रमण सफलताको कामनासहित शुभेच्छा र शुभकामना व्यक्त गरेका हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit