Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट साझेदार

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट साझेदार
विज्ञापन
Advertisement

काठमाडौं । सुबिसु लिमिटेड सुदूरपश्चिम रोयल्सको इन्टरनेट साझेदार बनेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि सुबिसु र सुदूरपश्चिम रोयल्सबीच सहकार्य गर्ने सम्झौता भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौताअनुसार सुबिसुले सुदूरपश्चिम रोयल्सको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेटसम्बन्धी आवश्यकतामा साझेदारी गर्नेछ । सहकार्यले टोलीको डिजिटल पूर्वाधारलाई थप व्यवस्थित र समर्थक तथा टोलीबीचको डिजिटल सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

सुबिसु लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई जोड्ने उद्देश्यले सहकार्य गरिएको बताए । उनले नेपाली क्रिकेटको विकास र प्रवद्र्धनमा सुबिसुको निरन्तर प्रतिबद्धता रहने उल्लेख गरे ।

सुबिसुका अध्यक्ष सुरेन्द्रबहादुर श्रेष्ठले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याइरहेको भन्दै सुदूरपश्चिम रोयल्ससँगको सहकार्य खेलकुदप्रतिको सुबिसुको निरन्तर प्रतिबद्धताको हिस्सा भएको बताए । नेपाली खेलकुदको विकासमा आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने उनको भनाइ छ ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सुबिसुसँगको सहकार्यले टोलीको व्यावसायिक तथा डिजिटल पक्षलाई थप मजबुत बनाउने बताए । उनले प्रविधि र डिजिटल कनेक्टिभिटीले नेपाली क्रिकेट तथा विशेषगरी सुदूरपश्चिम रोयल्सको यात्रामा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सहकार्यले टोली र समर्थकबीचको सम्बन्ध अझ नजिक बनाउने विश्वास व्यक्त गरे ।

सुदूरपश्चिम रोयल्सले आगामी एनपीएल सिजनका लागि टोली निर्माणलाई तीव्रता दिइरहेको छ । टोलीले यसअघि इंग्ल्यान्डका अलराउन्डर सेफ अलि जैबलाई पहिलो विदेशी खेलाडीका रूपमा पुनः अनुबन्ध गरिसकेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit