Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको निर्माण क्षेत्रको प्रवर्द्धन तथा आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौँ संस्करण आइतबार सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

माघ २२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा सञ्चालनमा आएको प्रदर्शनीमा करिब ६५ हजार अवलोकनकर्ताले भ्रमण गरेका आयोजकले जनाएको छ। स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने लक्ष्यसहित आयोजित प्रदर्शनीमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहेको थियो। २०० भन्दा बढी स्टलमार्फत निर्माण उद्योगसँग सम्बन्धित नवीनतम सेवा तथा सामग्री प्रदर्शन गरिएको थियो।

विगत एक दशकदेखि मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचर एक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा हुँदै आएको नेपाल बिल्डकनले नेपाली निर्माण उद्योगलाई आधुनिक प्रविधि तथा अन्तर्राष्ट्रिय अभ्याससँग जोड्ने काम गर्दै आएको आयोजकको भनाइ छ। प्रदर्शनीमार्फत स्वदेशी उत्पादनको प्रवर्द्धनसँगै अन्तर्राष्ट्रिय बजारमा प्रचलित नयाँ प्रविधि र सेवाहरू नेपाली बजारमा भित्र्याउने प्रयास गरिएको थियो।

प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टाइल्स, सेनेटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रूफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका–झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप तथा प्लम्बिङ सामग्री, कन्स्ट्रक्सन केमिकल, पीभीसी तथा युपीभीसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट र स्टिल लगायत निर्माण क्षेत्रसँग सम्बन्धित विविध सामग्री तथा सेवाहरू समेटिएका थिए।

निर्माण व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवा प्रदायक, आर्किटेक्ट, इन्जिनियर, डिजाइनर तथा घर–भवन निर्माण योजना बनाइरहेका व्यक्तिहरूका लागि प्रदर्शनी उपयोगी बनेको आयोजकको दाबी छ। प्रदर्शनीको मुख्य प्रायोजक फ्लाइबर्ड इन्टेरियर रहेको थियो भने ‘पावर्ड बाइ’मा लुम्बिनी सेरामिक्स (लेमिनार टाइल्स) रहेको थियो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit