Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भक्तपुरमा कजारियाको नयाँ शोरूम विस्तार

भक्तपुरमा कजारियाको नयाँ शोरूम विस्तार
विज्ञापन
Advertisement

भक्तपुर । कजारिया रमेश टाइल्सले भक्तपुरस्थित सल्लाघारीमा आफ्नो नयाँ विशेष शोरूम विस्तार गरेको छ । पीएनएस ट्रेडर्स एण्ड सप्लायर्स द्वारा सञ्चालन गरिएको उक्त शोरूमको उद्घाटन शनिबार ‘मिस वल्र्ड नेपाल २०२४’ आश्मा केसीले गरिन् ।

विज्ञापन
Advertisement
Advertisement

उद्घाटन समारोहमा कजारियाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । भक्तपुर तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई उच्चस्तरीय टाइल्स समाधान उपलब्ध गराउने उद्देश्य अनुसार कम्पनीले नयाँ शोरुम विस्तार गरेको जनाएको छ ।

उक्त अवसरमा कजारियाका प्रतिनिधिले भने, ‘कजारियाले सधैँ उत्कृष्टता प्रदान गर्ने विश्वास राख्छ। यो नयाँ शोरूममार्फत हामी उत्कृष्ट टाइलहरू हाम्रा ग्राहकहरूसम्म अझ नजिक पुरÞ्याउँदैछौँ। नेपालमा निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्र तीव्र रूपमा विकसित भइरहेको छ, र हामी मजबुत, आकर्षक तथा अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस विकासलाई थप सुदृढ गर्न उत्साहित छौँ’

उक्त शोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा उपलब्ध छन् । जसले ग्राहकहरूलाई सहज पहुँच, सुविधा तथा विभिन्न इन्टेरियर आवश्यकताअनुसार छानिएको उत्पादक प्रदर्शन उपलब्ध गराउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस विकासले नवप्रवर्तन, गुणस्तर र डिजाइनप्रतिको कजारियाको अविचल प्रतिबद्धतालाई सुदृढ गर्दै नेपालका टाइल उद्योगमा ब्रान्डको अग्रणी स्थानलाई झनै मजबुत बनाएको छ।

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग हो । यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit