Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नबिल बैंकको कमलादीस्थित नबिल हाउसबाट डिजिटल लाउञ्ज सेवा सुरु

नबिल बैंकको कमलादीस्थित नबिल हाउसबाट डिजिटल लाउञ्ज सेवा सुरु
विज्ञापन
Advertisement

काठमाडौं। नबिल बैंकले कमलादीस्थित नबिल हाउसबाट आधुनिक डिजिटल लाउञ्ज सेवा सुचारु गरेको छ । ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सुरु गरेको बैंकले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

बधबार आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी र सञ्चालक सरिता भट्ट अधिकारीले संयुक्त रुपमा डिजिटल लाउञ्ज उद्घाटन गरेका छन् । सो अवसरमा अध्यक्ष चौधरीले नवप्रवर्तन र डिजिटाइजेसनमा नबिल बैंक सधैं अब्बल रहेको उल्लेख गर्दै ग्राहकले अब २४सै घण्टा सहजै बैंकिङ कारोबार गर्न सक्ने बताए ।

डिजिटल लाउञ्जमा ग्राहकहरूले एटीएममार्फत नगद झिक्न, क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न, कियोस्क मेसिनमार्फत चेक डिजिटली जम्मा गराउन सक्नेछन् । यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एउटै स्थानमा बहुउद्देश्यीय डिजिटल सेवा उपलब्ध गराइएकाले ग्राहकको समय बचतसँगै बैंकको सेवा प्रवाह पनि अझ प्रभावकारी हुने विश्वास लिएको बताए।

कार्यक्रममा बैंकका सञ्चालकहरु प्रविन टिवडेवाला, अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत द्वय भुपेन्द्र पाण्डे तथा आदर्श बजगाईं, नायब महाप्रबन्धक द्वय गणेश प्रसाद अवस्थी तथा ज्ञानेन्द्र प्रताप शाह लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती थियो ।

नबिल बैंकका यसै प्रकृतिका डिजिटल लाउञ्ज यसअघि केन्द्रीय कार्यालय र इटहरीमा सञ्चालनमा आइसकेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit