Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

वाणिज्य बैंकहरुले फागुन महिना लागि झनैं घटाए ब्याजदर, कुन बैंकको कति?

वाणिज्य बैंकहरुले फागुन महिना लागि झनैं घटाए ब्याजदर, कुन बैंकको कति?
विज्ञापन
Advertisement

काठमाडाैं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार अधिकांश बैंकले माघ महिनाको तुलनामा ब्याजदर घटाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर माघमा ४.६८४५ प्रतिशतविन्दु रहेकोमा फागुनमा ०.११५५ प्रतिशतविन्दु घटेर ४.५६९ प्रतिशतविन्दुमा सीमित भएको छ । यस्तै संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत दर पनि समीक्षा अवधिमा ०.०५१५ प्रतिशतविन्दुले घटेको छ ।

फागुन महिनामा ९ वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । यसमध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु घटाउँदै ५.५ प्रतिशतबाट ४.७५ प्रतिशतमा झारेको छ । भने ११ बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज नेपाल बैंकले दिने भएको छ, जसले अधिकतम ५।१ प्रतिशत ब्याजदर घोषणा गरेको छ ।

सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक र सिद्धार्थ बैंकको रहेको छ । यी बैंकहरुले अधिकतम ४.२५ प्रतिशतसम्म ब्याज दिने भएका छन् ।

संस्थागत मुद्दति निक्षेपतर्फ अधिकतम ब्याजदर ४ प्रतिशत कायम भएको छ । हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले उक्त दरमा ब्याज प्रदान गर्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit