Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

फोटोन नेपालद्वारा ईभी भ्यान र पिकअपमा विशेष अफर सार्वजनिक

फोटोन नेपालद्वारा ईभी भ्यान र पिकअपमा विशेष अफर सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्सले चितवन अटो शो २०२६ मा विशेष अफरहरू सार्वजनिक गरेको छ । वैशाख १७ देखि २१ सम्म भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा आयोजना भएको यस मेलामा फोटोनले हल नं. ०३ (कमर्शियल) को स्टल नं.०३ बाट आफ्ना प्रभावशाली सवारी साधनहरू प्रदर्शन गर्ने जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले ईभी भ्यान, पिकअप र टिएमवान र सेग्मेन्टमा इभेन्ट केन्द्रित विशेष स्किमहरू ल्याएको छ, जसले फोटोनको स्टललाई यस वर्षकै मुख्य आकर्षण बनाउने लक्ष्य कम्पनीको छ ।

ईभी भ्यानमा फ्यामिली रिट्रीट र विशेष उपहार
फोटोनको स्टलमा पुग्ने आगन्तुकहरूले हाइ रूफ ईभी भ्यान ५३ लाख ४९ हजार र लो रूफ ईभी भ्यान ४८ लाख ४९ हजार रुपैयाँमा अवलोकन र खरिद गर्न सक्नेछन्। यी भ्यानहरूको खरिदमा ग्राहकलाई कम्पनीले फ्यामिली रिट्रीट प्याकेज, ५५ इन्चको स्मार्ट एलईडी टिभी तथा नगद रेफरल बोनस र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने उल्लेख गरेको छ ।

यस्तै सुविधाहरू सोकोन ईभी भ्यानमा पनि लागू हुने छ । ३९ लाख ९९ हजारमा यो भ्यान उपलब्ध गराइएको छ। कम्पनीका अनुसार यी तीनै मोडलमा प्रदान गरिने वास्तविक नगद छुट पनि छुट्टै सार्वजनिक गरिनेछ। यसैबीच बहुउपयोगी सवारी साधन खोज्नेहरूका लागि २८ लाख ४९ हजार रुपैयाँ पर्ने फोटोन TM1 (CADA गाडीमा नगद छुट र उपहारको व्यवस्था गरिएको पनि कम्पनीले जनाएको छ। त्यस्तै, फोटोन पिकअप खरिद गर्ने ग्राहकका लागि कम्पनीले विशेष वित्तीय योजनामा पहिलो वर्षका लागि ब्याज नलाग्ने व्यवस्था गरेको छ ।

यो अफरले नयाँ उद्यमीहरूलाई सुरुवाती लगानीको भार कम गर्न मद्दत पुग्ने विश्वास कम्पनीको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit