काठमाडौं । नेपालमा प्रिमियम टाइल ब्रान्ड कजारियाले मोरङको विराटचोकमा नयाँ विशेष शोरूम विस्तार गरेको छ। शुक्रबारबाट शोरुम सञ्चालनमा ल्याउँदै कजारियाले पूर्वी नेपालमा आफ्नो उपस्थिति थप सुदृढ बनाएको छ। महालक्ष्मी ट्रेडर्सद्वारा सञ्चालित यस शोरूमले विराटचोक र वरिपरिका क्षेत्रमा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक र आकर्षक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
सो अवसरमा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले उक्त शोरुम ग्राहकका लागि आधुनिक र नवप्रवर्तनशील टायल विकल्पको गन्तव्य बन्ने धारणा राखे । ‘विराटचोकमा नयाँ शोरूमले केवल टायल बिक्री गर्ने ठाउँ नभई ग्राहकहरूले आधुनिक र नवप्रवर्तनशील टायल विकल्प अवलोकन गर्न सक्ने गन्तव्यको रूपमा काम गर्नेछ। गृहस्वामी, ठेकेदार र वास्तुकारहरूले आफ्नो परियोजनाका लागि उपयुक्त डिजाइनहरू सहजै छनोट गर्न सक्नेछन्’ निर्देशक अग्रवालले भने ।
यस्तै, सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाईंले सो क्षेत्रमा रोजगारीको अवसर विकास गर्नेमा जोड दिए । उनले भने, ‘कजारियाजस्ता प्रतिष्ठित ब्रान्डको उपस्थिति स्थानीय रोजगारी र विकासका अवसर बढाउनेछ। यसले गुणस्तरीय उत्पादनहरू सजिलै उपलब्ध गराउने अवसर प्रदान गर्नेछ।’ बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले भने, ‘विराटचोक र वरिपरि तीव्र रूपमा विकास भइरहेको छ। अन्तर्राष्ट्रिय स्तरका विश्वसनीय ब्रान्डको उपस्थितिले निर्माण व्यवसायी, गृहस्वामी र विकासकर्ताहरूलाई आधुनिक आवश्यकताहरू पूरा गर्न मद्दत गर्नेछ।’
कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत ३,००० भन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ। कजारियाले हाल नेपालभर १०० भन्दा बढी शोरूमको सशक्त सञ्जाल विस्तार गरिसकेको छ, जसले ग्राहकहरूलाई आधुनिक र गुणस्तरीय निर्माण सामग्रीमा सजिलै पहुँच सुनिश्चित गरेको छ।

















प्रतिक्रिया दिनुहोस्