Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रवीन्द्र मिश्रको राजनीतिक ‘ब्रेक’ :  ‘ह्याट्रिक’ हारपछि दलीय राजनीतिबाट लिए विदा

रवीन्द्र मिश्रको राजनीतिक ‘ब्रेक’ :  ‘ह्याट्रिक’ हारपछि दलीय राजनीतिबाट लिए विदा
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दलीय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् । विवेकशील–साझा पार्टीबाट वैकल्पिक राजनीतिको बिगुल फुक्दै ९ वर्षअघि पत्रकारिता छाडेर राजनीतिमा होमिएका मिश्रले अन्ततः दलीय राजनीतिबाट तत्कालका लागि विश्राम लिने घोषणा गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं क्षेत्र नं. १ बाट लगातार तेस्रो पटक चुनावी पराजय भोगेपछि उनले शनिबार सामाजिक सञ्जालमार्फत यस्तो निर्णय सार्वजनिक गरेका हुन्। विशेषगरी मिश्रले देशभर राजसंस्थाको पक्षमा जनमत हुँदाहुँदै पनि राप्रपाले त्यसलाई सङ्गठित गर्न नसकेको र यसमा आफू पनि जिम्मेवार रहेको भन्दै राप्रपाको विफलताका रुपमा स्वीकारोक्ति गरेका छन् ।

उनले लेखेका छन्, ‘देशभर राजसंस्था पुनस्र्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ, जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु । विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा म विश्वस्त छु।’

तर उनले ‘विचारभन्दा माथि देश’ र ‘राजसंस्था’ प्रतिको आफ्नो निष्ठा कायमै रहेको बतार्एका छन् । उनले वर्तमान दलीय संरचनाबाट परिवर्तन असम्भव देखिएको पनि निष्कर्ष निकालेका छन् ।

यस्तै, रास्वपाको आगामी यात्राका लागि उनले शुभकामना दिएका छन्। मिश्रले राजनीतिबाट विश्राम लिने निणर्य तीन पटकको हारपछि हतास भएर नभई सोच विचारपूर्वक गरेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हतास वा हतारमा लिँदै छैन । धेरै सोचि विचारी लिँदैछु ।’

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit