Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

हुन्डाई नेपालको नयाँ वर्ष अफर: ‘हुन्डाईसँग शुभ यात्रा २०८३’ सुरु

हुन्डाई नेपालको नयाँ वर्ष अफर: ‘हुन्डाईसँग शुभ यात्रा २०८३’ सुरु
विज्ञापन
Advertisement

काठमाडौं। नेपालका लागि हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरनेशनल प्रा.लिले नयाँ वर्ष २०८३ को अवसरमा ‘हुन्डाईसँग शुभ यात्रा २०८३’ नामक विशेष अफर सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नयाँ वर्षलाई लक्षित गर्दै ल्याइएको यस योजनाअन्तर्गत ग्राहकहरूले छनोट गरिएका हुन्डाईका सवारी साधनहरूमा अधिकतम १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट र ९६ हजार रुपैयाँसम्म नयाँ वर्ष बोनस प्राप्त गर्न सक्नेछन्। यसका साथै, एक वर्षसम्मको निःशुल्क बीमा तथा सवारी कर सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ। ग्राहकहरूले पुरानो सवारी साधन साटेर नयाँ हुन्डाई खरिद गर्न मिल्ने मूल्यांकन एक्सचेन्ज सुविधा समेत पाउनेछन्।

कम्पनीका अनुसार अफरलाई अझ आकर्षक बनाउन बिक्रीपछिका सेवामा विशेष ध्यान दिइएको छ। यसअन्तर्गत ६ वर्षसम्मको निःशुल्क मर्मत सेवा र ३ वर्षको वारेन्टी उपलब्ध हुनेछ, जसले ग्राहकलाई दीर्घकालीन भरोसा प्रदान गर्ने विश्वास गरिएको छ।

हुन्डाइ नेपालले नेपालप्रतिको आफ्नो प्रतिबद्धता थप मजबुत बनाउँदै पछिल्ला दुई वर्षदेखि हुन्डाइ क्रेटा र हुन्डाइ भेन्यु जस्ता लोकप्रिय मोडेलहरू देशमै संयोजन (एसेम्बल) गर्दै आएको छ। कम्पनीका अनुसार यस प्रक्रियामा नेपाली इन्जिनियर तथा दक्ष जनशक्तिको प्रयोग गरिएको छ।

५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको यस पहलले स्थानीय सीप विकास,औद्योगिक विस्तार तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याएको बताइएको छ।

लोकप्रिय मोडेलहरू र ग्राहकमैत्री सुविधासहित ल्याइएको यस अफरले नयाँ वर्ष २०८३ को सुरुवातलाई अझ फाइदाजनक र विशेष बनाउने लक्ष्य राखेको कम्पनीको भनाइ छ।

हुन्डाई नेपालले सबैमा नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दै नजिकको शो-रुममा गई अफरबारे थप जानकारी लिन तथा विशेष सुविधासहित नयाँ वर्ष मनाउन ग्राहकहरूलाई आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit