Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सेग्मेन्टमै पहिलो ‘ब्लेड ब्याट्री’सहित किङलङको नयाँ मिनीबस सार्वजनिक, ‘लन्चिङ अफर’मा साढे दुई लाख छुट

सेग्मेन्टमै पहिलो ‘ब्लेड ब्याट्री’सहित किङलङको नयाँ मिनीबस सार्वजनिक, ‘लन्चिङ अफर’मा साढे दुई लाख छुट
विज्ञापन
Advertisement

काठमाडौं । नेपालका लागि किङलङ गाडीको आधिकारिक विक्रेता सिजी मोटर्सले अत्याधुनिक प्रविधि र शक्तिशाली प्रदर्शनसहितको नयाँ १६ सिटे इलेक्ट्रिक मिनीबस सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार काठमाडौंको महाराजगञ्जस्थित शोरुममा आयोजित एक विशेष कार्यक्रमका बीच काठमाडौं महानगरपालिका वडा नं.३ का अध्यक्ष प्रेम थापाले उक्त गाडीको अनावरण गरेका हुन् ।

नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै ल्याइएको यस मिनीबसले व्यावसायिक विद्युतीय सवारीको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको विश्वास छ।

गाडीको मुख्य विशेषता

यस मिनीबसको सबैभन्दा बलियो पक्ष यसमा प्रयोग गरिएको ७५.४१ पध्ज क्षमताको ब्लेड ब्याट्री हो, जुन यो सेग्मेन्टमा पहिलो पटक प्रयोग गरिएको हो। साथै, एक पटकको फुल चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज दिने दाबी कम्पनीको छ। मिनीबसमा १२० किलोवाटको शक्तिशाली मोटर रहेको छ। साथै, २२० एमएमको उच्च ग्राउन्ड क्लियरेन्सले कच्ची र पहाडी सडकमा सहज यात्रा सुनिश्चित गर्ने आरामदायी फोल्डिङ सिट र उभिन मिल्ने पर्याप्त उचाइले ग्राहकलाई सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

मूल्य र आकर्षक ‘लन्चिङ अफर’

सिजी मोटर्सले १६ सिटर ईभी मिनीबसको बजार मूल्य ७२ लाख ५० हजार रुपैयाँ तोकेको छ। नयाँ गाडी सार्वजनिक गरिएको अवसरमा कम्पनीले विशेष छुटको समेत घोषणा गरेको छ । जसअनुसार सुरुमा गाडी खरिद गर्ने ग्राहकले २ लाख ५० हजार रुपैयाँ नगद छुट प्राप्त गर्नेछन्।

दुर्गम क्षेत्रमा सफल परीक्षण र वारेन्टी

गाडी सार्वजनिक गर्नुअघि नेपालका विभिन्न दुर्गम पहाडी जिल्लाहरू डडेलधुरा, कालीकोट, मुस्ताङ र सोलुखुम्बुमा दुई महिनासम्म परीक्षण गरिएको सिजी मोटर्सका कमर्सियल सेग्मेन्टका बिजनेस हेड बद्री भट्टराईले जानकारी दिए । कम्पनीले यस गाडीमा ७ वर्ष वा ४ लाख किलोमिटरको वारेन्टी प्रदान गरेको छ। साथै, बिक्रीपछिको सेवालाई ध्यानमा राख्दै देशभर हरेक २५ देखि ५० किलोमिटरको दूरीमा चार्जिङ स्टेशन र सर्भिस नेटवर्क विस्तार गर्ने प्रतिबद्धता समेत जनाएको छ।

विद्युतीय सवारी नै भविष्य
कार्यक्रमका प्रमुख अतिथि प्रेम थापाले विद्युतीय सवारी साधनले इन्धन आयात घटाएर देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने बताए । विगत दुई वर्षदेखि आफैं ईभी सवारी प्रयोग गरिरहेको अनुभव सुनाउँदै उनले भने, ‘ईभी वातावरणमैत्री मात्र होइन, सञ्चालन खर्चका हिसाबले पनि अत्यन्तै किफायती र चलाउन सजिलो छ।’

सन् १९८८ मा चीनमा स्थापना भएको किङलङ विश्वभर बस र कमर्सियल गाडी निर्माणका लागि प्रसिद्ध छ। नेपालमा सिजी मोटर्सले हालसम्म ५,००० भन्दा बढी युनिट बिक्री गरिसकेको छ भने २६० भन्दा बढी चार्जिङ स्टेशन, २० भन्दा बढी सर्भिस स्टेशन र १४ डिलर नेटवर्कमार्फत सेवा दिँदै आएको छ। यो नयाँ मोडेलको आगमनसँगै नेपालको सार्वजनिक यातायात क्षेत्रमा ईभीको प्रयोग अझै बढ्ने अपेक्षा कम्पनीले गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit