images images images
images images images
images
images
images

अर्थतन्त्रको उन्नयनका निम्ति लगानीको सुरक्षा पहिलो प्राथमिकता : अध्यक्ष श्रेष्ठ

images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले देशको आर्थिक उन्नयनका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महासङ्घ अध्यक्षको कार्यभार सम्हाल्नुअघि उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उद्यमी व्यवसायीका साथै लगानीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको उनले बताए । निजी क्षेत्र र सरकारबीचको साझेदारी अपरिहार्य रहेको उल्लेख गर्दै उनले राष्ट्रको समृद्धि आपसी साझेदारीबाटै सम्भव हुने बताए ।

images
images

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आजदेखि महासङ्घमा अध्यक्षको कार्यभार सम्हाल्दैछन् । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानअनुसार उनले नेतृत्व गर्दैछन् ।

अध्यक्ष श्रेष्ठ साढे दुई दशकदेखि महासङ्घमा आबद्ध छन् । उनी व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक समेत हुन् ।

images
images

प्रतिक्रिया दिनुहोस्